कपन एमाले चुनाव केन्द्रित, वडा नं १ को अधिवेशन सम्पन्न

कपन अनलाइन

कपन एमाले चुनावी केन्द्रित  तयारीमा जुटेको छ । जेठमा एक महिने अभियान सञ्चालन पछि आन्तरिक गृहकार्यमा लागेको कपन एमाले  अब फेरि संगठन सुदृढीकरणमा जुटेको एमाले कपन नेतृत्वले जनाएको छ ।  ‘जनतासँग एमाले’ अभियान सञ्चालनको क्रममा रहेको एमाले कपनले आफ्नो वडा नं. १ को अधिवेशन सम्पन्न गरेको छ ।

 

भाद्र ०८ गते शनिवार केन्द्रीय उपाध्यक्ष विद्या भण्डारीको  प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा वडा नं. १ का  १०० भन्दा बढी कार्यकर्ता उपस्थित थिए। उक्त अधिवेशनमा बोल्दै भण्डारीले गत संविधानसभामा प्राविधिक कारणले एमालेले पराजय व्यहोरे पनि एमालेका विचारमा अन्य दलहरु आउनु एमालेको जीत भएको बताउइन् । भण्डारीले निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईमा जातीय सङ्घीयता नेपालमा सम्भव छैन भन्ने जुन सोच अहिले पलाएको छ त्यो बुद्धि उतिबेलै पलाएको भए नेपालमा यतिखेर संविधान निर्माण भइसक्ने थियो भन्दै त्यो कुबुद्धिको परिणाम नेपाली जनताले भोग्नुपरेको दावी गरिन् ।

 

एमाले काठमाडौं जिल्लाका अध्यक्ष निर्मल कुइकेल, कपन गाविसका पूर्व अध्यक्ष तथा एमालेका जिल्ला कमिटीका सदस्य मीठाराम अधिकारी, क्षेत्रीय कमिटीका उपाध्यक्ष लक्ष्मी संग्रौला, एमाले कपनका अध्यक्ष ध्रुवराज न्यौपानेले पनि कार्यक्रममा आफ्ना मन्तव्यहरु राखेका थिए ।  अधिवेशनले अर्जुन राउतको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी  गठन गरेको छ ।

 

यसैबीच नेकपा एमाले चुनिखेलको सातौं गाउँ अधिवेशनको खुल्लासत्रमा स्थानीय रोशन नगरकोटीको नेतृत्वमा काँग्रेस र  एमाओवादीलगायतका दलबाट २८ जना एमालेमा प्रवेश गरेको  गरेको खबर प्राप्त भएको छ ।

 

तपाइँको प्रतिक्रिया ।