काठमाडौ महानगरपालिका वडा नं १५ को ७ दिने डकर्मी तालिम उद्घाटन

काठमाडौ महानगरपालिका वडा नं १५ को ७ दिने डकर्मी तालिम उद्घाटन

कपन अनलाइन

काठमाडौ, माघ १२।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणको सहयोगमा घरेलु तथा साना उद्योग बिकास समिति र काठमाडौ महानगरपालिका वडा नं १५ को संयुक्त आयोजनामा ७ दिने डकर्मी तालिम को उद्घाटन भएको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठ रहेका थिए भने  बिशेस अतिथि कामपा १५ का वडा अध्यक्ष इश्वर मान डंगोल रहेका थिए। त्यस्तै अतिथिहरुमा घरेलु तथा साना उद्योग विकास समितिका प्रतिनिधि सीता घिमिरे लगायत प्रशिक्षक र  ६० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।

उक्त कार्यक्रमको उद्दघाटन गर्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठले सबै काम समान रहेकोले सबै कामको सम्मान गर्नु पर्ने बताएका थिए। उनले सबै कामको उत्तिकै महत्व रहेको समेत बताउदै सिकेको शिप ब्यबहारमा लागु गर्नुपर्ने बताएका थिए साथै उनले कार्यक्रम सफलताको शुभकामना समेत दिए ।

श्रेष्ठले आवको समय आर्थिक विकास र पुजी वृद्धि को रहेको भन्दै स्वरोजगार र शिप विकासले नागरिकको जीवन स्तरमा सकारात्मक सुधार ल्याउने भन्दै सबै नागरिक स्वलाम्भी बन्न यस्ता तालिमको भूमिका रहने धारणा राखेका छन।

त्यस्तै वडा अध्यक्ष डंगोलले वडामा निरन्तर यस्ता तालिम आयोजना गरि श्रम र प्रतिभा पलायन रोक्न पहल गर्ने बताए ।

फोटो सौजन्य :निरज श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।