काठमाडौ महानगरपालिका वडा नं १५ मा सामाजिक सुरक्षा भत्ता खानेले निशुल्क स्वास्थ्य परिक्षण सेवा पाउने
कपन अनलाइन
काठमाडौ,माघ १०।
काठमाडौ महानगरपालिका वडा नं १५ मा वसोवास गर्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक ,एकल महिला ,अपांग तथा दलितले निशुल्क स्वास्थ्य परिक्षण सेवा प्राप्त गर्ने भएका छन ।यस्तो सेवा उपलव्ध गराउनका लागि काठमाडौ महानगरपालिका वडा नं १५ र सामुदायिक स्वास्थ्य परिषद ,डल्लुआवास क्षेत्र विच आज एक कार्यक्रम विच सम्झौता भएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौ क्षेत्र नं ८ प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठको पहलमा भएको सो सम्झौता पश्चात सो सामुदायिक केन्द्रलाई वडा कार्यालयले मासिक १ लाख रुपैया प्रदान गर्नेछ । यो सम्झौता भए पश्चात वडामा वसोवास गर्ने सामाजिक सुरक्षा भत्ता प्राप्त व्यक्तिले स्वास्थ्य परिक्षण निशुल्क गर्न पाउने छन भने प्याथोलोजी जांच सेवामा २० प्रतिसत र औसधिमा ५ प्रतिसत छुट पाउनेछन।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले उपचार अभावमा मृत्यु कुरेर बस्नुपर्ने दर्दनाक र पीडादायी अवस्थाको अन्त्य हुनुपर्ने भन्दै आफ्नो क्षेत्रका वासिन्दाले स्वास्थ्य सेवा नपाएर ज्यान गुमाउनु नपरोस भन्ने सोचले यो सम्झौता गरेको बताए । उनले खानपान ,रुची र वर व्यवहारका कारण अचेल मान्छेहरु रोगी बनेको भन्दै सामुदायिक परिसदका राम्रा कार्यमा सधै सहयोग गर्ने बताए ।
श्रेष्ठले आफु वडा अध्यक्ष भएको बेला देखिनै परिसद लाई सहयोग गरेको स्मरण गर्दै यो सम्झौताले अन्य वडा र व्यक्तित्वलाई पनि प्रेरित गर्ने बताएका छन ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नं १५ का अध्यक्ष एबम सामुदायिक स्वास्थ्य परिसदका प्रमुख सल्लाहकार ईश्वरमान डंगोलले आफुले निर्वाचन दौरान गरेको बाचा अनुसार यो सम्झौता गरेको बताए । उनले यस संस्थाले प्रदान गर्ने सेवामा कुनै कमि हुन् नदिने भन्दै सोहि भवन परिसरमा ५० सैयाको अस्पताल निर्माणका लागि बजेट बिनियोजन भैसकेको जानकारी दिएका थिए ।
त्यसतै सामुदायिक स्वास्थ्य परिसदका अध्यक्ष हरी गोपाल श्रेष्ठले यो सम्झौताले परिसदको सेवा समय बढाउन निकै सहयोग पुगेको भन्दै आगामी दिनमा वडाका विद्यालय,सामाजिक संघ संस्था ,स्वास्थ्य सेवा प्रदायक संस्थाहरु संग सहकार्य गरेर जाने बताए।
उनले अहिले सो परिसदले करिव २ हजार किसिमका प्याथोलोजी परिक्षण सेवा दिदै आएको र केहि दिनमा स्वास्थ्य सिविर आयोजना गर्न लागेको जानकारी दिएका थिए ।