काठमाडौं उपत्यकका निर्माण ब्यवसायी संघले डिभिजन सडक कार्यालय काठमाडौलाई ज्ञापन पत्र बुझायो
कपन अनलाइन
काठमाडौं,माघ १०।
काठमाडौं उपत्यकका निर्माण ब्यवसायी संघले बिभिन्न माग राखी डिभिजन सडक कार्यालय १ काठमाडौँमा ज्ञापन पत्र सहित धर्ना दिएको छ ।
डिभिजन सडक कार्यालयको माप दण्ड अनुसार काम गर्दा पनि आव २०७३/०७४ मा भएका निर्माण कार्यको भुक्तानी नपाईएको ,बढ्दो बजार मुल्य अनुसार मुल्य वृद्धि पाउने व्यवस्था गर्न लगाएत ज्ञापन पत्रमा उल्लेख गरेका छन् । आफूहरुले बारम्बार पहल गर्दा पनि सम्बन्धित कार्यलयबाट कुनै सुनाइ नभएको हुदा बाध्य भएर निर्माण ब्यवसायीहरुले डिभिजन सडक कार्यालय १ काठमाडौंमा ताला समेत लगाएको काठमाडौं उपत्यकका निर्माण ब्यवसायी संघका सदस्य राजन गौतमले बताएका छन् ।
तपाइँको प्रतिक्रिया ।