बुनपा ११ जगडोल भन्ज्याङको जिर्ण सडक मर्मत गरियोस (पाठक चौतारी )

बुनपा ११ जगडोल भन्ज्याङको जिर्ण सडक मर्मत गरियोस (पाठक चौतारी )

कपन अनलाइन

काठमाडौँ,माघ १०।

यो दृश्य टाढाको होइन राजधानी बाहिरको ब्यक्तीको नजर बाट देखिने सुगम सुबिधा सम्पन्न शहर काठमाण्डौको एउटा नगर  बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोल भन्ज्याङ सडक खण्डको हो यो सडक धेरै पहिले स्थानीय र पुलाहरी गुम्बाको सहयोगमा बनेको हो तर हाल सम्म यसको कुनै निकाय बाट मर्मत  गर्ने काम समेत भएको छैन ।

केहि समय अघि मात्र जगडोल रेसिडेन्ट ग्रुप र वडाको पहलमा नाली भने सफाई भएको छ। यसलाई सकारात्मक प्रयास मान्नुपर्छ दिनहु यहि सडक हुँदै मानिसहरु गन्तब्यमा पुग्ने गर्छन भने आन्तरिक र बाह्य पर्यटकहरुको गन्तब्य बन्दै गरेको जगडोलको यो बाटोले पनि मर्मत पर्खिरहेको आभास भएको छ।

देशले मुहार फेर्दा पहिलो प्राथमिकतामा रहनु पर्ने बाटोको अवस्था यस्तो छ । सम्बन्धित निकाय बाट यो बाटो मर्मत गर्न कुनै तत्पर्यता नदेखाउदा जगडोलबासीहरु आश्चर्यमा परेका छन् ।

निर्वाचनको बेलामा मत माग्न आउदा सबै काम गर्छु भन्ने नेताहरु चुनाब जितेपछि यस बिषयमा पहल नगरेको पनि देख्दा  नेताको कुरालाई समेत बिश्वास गर्न छाडिसकेका छन । आन्तरिक र बाह्य पर्यटकहरुको गन्तब्य बन्दै गरेको जगडोल जहाँ राष्ट्रिय सहिद पार्क निर्माणाधीन रहेको छ भने  बौद्ध धर्मावलम्बीको आस्था रहेको  पुलाहरी गुम्बा समेत रहेको जगडोलको  यो बाटो  यथासिघ्र मर्मत  होस् ।

अनुरोध गर्ने

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोल बासीहरु

 

 

तपाइँको प्रतिक्रिया ।