चुनावमा नेकपा–माओवादी कदापि भाग लिँदैन

नेकपा–माओवादी क्षेत्र नं.४ को निर्वाचन बहिष्कार, पार्टी प्रवेश तथा पुर्नमिलन कार्यक्रम सम्पन्न

नेकपा माओबादी मा प्रवेश गरेका नब प्रवेशी संग महासचिब बादल (फोटो : कपन अनलाइन)
नेकपा माओबादी मा प्रवेश गरेका नब प्रवेशी संग महासचिब बादल (फोटो : कपन अनलाइन)
कपन ३ मिलनचोकको बहिस्कार कार्यक्रममा सहभागी कार्यकर्ताहरु (फोटो : कपन अनलाइन)
कपन ३ मिलनचोकको बहिस्कार कार्यक्रममा सहभागी कार्यकर्ताहरु (फोटो : कपन अनलाइन)
कपनमा गरिएको चुनाव बहिस्कारको कोण सभामा सहभागी हुदै (फोटो : कपन अनलाइन)
कपनमा गरिएको चुनाव बहिस्कारको कोण सभामा सहभागी हुदै (फोटो : कपन अनलाइन)

कपन अनलाइन/भाद्र ४
नेकपा–माओवादीले काठमाडौँ निर्वाचन क्षेत्र नं ४ ले महाँकाल गाविसको गोल्फुटारमा आज बृहत निर्वाचन बहिष्कार, पार्टी प्रवेश तथा पुर्नमिलन कार्यक्रम पार्टीका महासचिव रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । कार्यक्रममा महासचिव बादलले चुरेभावर राष्ट्रिय पार्टीकी केन्द्रीय सदस्य कुमारी कार्की ढोली सहित नेकपा (एमाले)का जिल्ला सदस्य, वाईसियलका जिल्ला सदस्यहरु, पूर्व जनमुक्ति सेनाहरु सहित करिब २०० जना नेकपा–माओवादीमा प्रवेश गराएका थिए । कार्यक्रममा बोल्दै महासचिव बादलले –‘‘यदि हामी नेपाली भएर बाँच्ने हो भने र देशलाई सिक्किमिकरण हुनबाट जोगाउने हो भने यो निर्वाचन बहिष्कारको बिकल्प छैन ।’’ उनले सरकार र ४ दलीय संयन्त्र वार्ताबाट भाग्न खोजेको आरोप लगाउँदै वार्ताले सार्थक निष्कर्ष निकाल्नेमा शंका रहेकाले यथास्थितिमा हुने चुनावमा नेकपा–माओवादी कदापि भाग लिँदैन र चुनाव सशक्त बहिष्कार गर्छ । ’’

कार्यक्रममा नेकपा–माओवादीका केन्द्रीय सल्लाहकार प्राध्यापक खगेन्द्र खड्काले स्वागत मन्तव्य दिएका थिए भने केन्द्रीय सदस्य एंव निर्वाचन बहिष्कार अभियानका क्षेत्र नं. ४ का ईन्चार्ज पवनमान श्रेष्ठले सभापतित्व गरेका थिए । कार्यक्रम नेकपा–माओवादी महाँकाल गाउँ कमिटिका ईन्चार्ज क. उग्र लगायतकाले संयोजन गरेका थिए । यसैबीच नेकपा–माओवादी कपन गाउँ कमिटिले पनि कपनमा चाँडै नै पार्टी प्रवेश तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने जानकारी त्यसै कार्यक्रमा जानकारी गराइएको थियो ।

यसै बीच नेकपा–माओवादीले आज साँझ नै कपन मिलन चोक तरकारी बजारमा निर्वाचन बहिष्कार सम्बन्धि कोण सभा सम्पन्न गरेको छ । कोण सभामा नेकपा–माओवादीका केन्दंीय सदस्य एंव क्षेत्र नं ४ का ईन्चार्ज पवनमान श्रेष्ठ र अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य विजयदेव भट्टराईले सम्बोधन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।