त्रि ज्योति माध्यमिक विद्यालय बुनपा १२ को जुनियर ट्यालेन्ट शो सम्पन्न

त्रि ज्योति माध्यमिक विद्यालय बुनपा १२ को जुनियर ट्यालेन्ट शो  सम्पन्न

कपन अनलाइन

काठमाडौ,माघ ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको त्रि ज्योति माध्यमिक विद्यालयले सरस्वती पुजाको अवसरमा जुनियर ट्यालेन्ट शो कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रम का प्रमुख अतिथि वरिष्ठ गायिका ज्ञानु राणा रहेकी थिइन् भने कार्यक्रमको सभाध्यक्षता बिद्यालयका अध्यक्ष केशब प्रसाद दंगाल रहेका थिए। त्यस्तै अतिथिहरुमा विद्यालय प्र अ भगवान अर्याल ,निर्देशक तारा सुवेदी  शिक्षिका बिद्यार्थीहरु र अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम संचालन सावित्री रानाले गरेकी थिइन्।

पानसमा बत्ति बालेर सुरु गरिएको उक्त कार्यक्रममा  बिद्यालयका भाइस प्रिन्सिपल गणेश कुमार मिश्रले स्वागत मन्तब्य राखेका थिए ।उक्त जुनियर ट्यालेन्ट शोमा विद्यालय विद्यार्थीहरुले  प्रस्तुति देखाएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ गायिका ज्ञानु राणाले  बिद्यालय देखिनै विद्यार्थी हरुलाई अतिरिक्त क्रियाकलापमा जोड दिनु पर्ने बताएकी थिइन। उनले त्यसका लागि शिक्षक र अभिभावकहरुको ठुलो भूमिका रहेको बताउदै  आयोजकलाइ धन्यबाद दिएकी थिइन।

जुनियर ट्यालेन्ट सोमा बिजयी हुने बिद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।कार्यक्रमको अन्त्यमा बोल्दै सभाध्यक्ष केशब दंगालले बिद्यालयको बारेमा चर्चा गर्दै उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।