बुनपा वडा नं २ मा चपली महिला महासंघको नमुना बेकरी क्याफे उद्घाटन

बुनपा वडा नं २ मा चपली महिला महासंघको नमुना बेकरी क्याफे उद्घाटन

कपन अनलाइन

काठमाडौ,माघ ९ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको चपली महिला महासंघ  बाट संचालित नमुना बेकरी क्याफे उद्घाटन भएको छ । चपली महिला महासंघले पहिला जस्तो नगरले  रकम लक्षित बर्गमा आएको रकम  नबाढ़ेर  एकीकृत गरि आयमुलक काममा प्रोत्साहन दिने  उदेश्यका साथ् उक्त कार्यक्रम सुरु गरेको हो  ।

उक्त उद्घाटन कार्यक्रममामा प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दब खरेल रहेका थिए भने कार्यक्रमका सभाध्यक्षता चपली महिला महासंघकी  अध्यक्ष सत्याबती लामिछाने रहेकी थिइन्।  त्यस्तै गरि  अतिथिहरुमा  बुढानिलकण्ठ नगरपालिका की प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारी वडा अध्यक्ष राजेन्द्र खड्का ,स्वास्थ्य संयोजक भवानी  न्यौपाने दाहाल, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र वडा सदस्यहरुको  उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दब खरेलले  लक्षित बर्गको लागि आएको पैसा आयआर्जनमा लगाएर उदाहरणिय काम गरेकोमा खुसि ब्यक्त गरेका थिए।

उनले वडा नं २ ले गरे जस्तै उदाहरणिय काम सबै वडाले गरेमा बुढानिलकण्ठ नगरपालिकाको जनताको आर्थिक स्थितिमा सुधार भइ रोजगारी समेत सिर्जना हुने बिश्वास ब्यक्त गरेका थिए । साथै उनले  उचित योजना सहित आएमा नगरपालिका ले सहयोग गर्ने  बताएका थिए।

कार्यक्रममा बोल्ने बक्ताहरुले वडा नं २ मा भएको उदाहरणीय कामको प्रसंसा गर्दै अरु वडाले पनि त्यस बात सिक्नु पर्ने बताएका थिए । कार्यक्रम संचालन निसा बरालले गरेकी थिइन।

 

 

तपाइँको प्रतिक्रिया ।