गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेद्वारा वडा नं १ रामजानकी आधारभूत विद्यालयमा सरस्वतीको मन्दिर उद्घाटन

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेद्वारा वडा नं १ रामजानकी आधारभूत विद्यालयमा सरस्वतीको मन्दिर उद्घाटन

कपन अनलाइन

काठमाडौं,माघ ९।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिका वडा नं १ बाटुले चौरमा रहेको रामजानकी आधारभूत विद्यालय परिसरमा निर्माण भएको सरस्वतीको मन्दिर उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए । अतिथिहरुमा गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धर ,वडा नं २ का अध्यक्ष कृष्ण बहादुर क्षेत्री ,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लहाकार दिपक रिसाल रहेका थिए भने अतिथिहरुमा  बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु ,  सुन्दरीमाई बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि ,लायन्स क्लब अफ काठमाडौँ कैलाश का प्रतिनिधि लगयत समाजका लब्धप्रतिष्ठित ब्यक्तिहरु  स्थानीय र  विभिन्न विद्यालयका प्रतिनिधि , शिक्षक, शिक्षिका र विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो  ।कार्यक्रमको सभाध्यक्षता बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थ बहादुर लामाले गरेका थिए ।

उक्त कार्यक्रम मा सुन्दरीमाई बचत तथा ऋण सहकारी संस्थाले न्यानो कपडा बितरण गरेको थियो भने नबिल फाउनडेसले झोला तथा शैक्षिक सामाग्री सहयोग गरेको थियो । त्यस्तै गरि लायन्स क्लब अफ काठमाडौँ– कैलाशले पुस्तक सहयोग  गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख  सन्तोष चालिसेले आफु नगर प्रमुख हुनु भन्दा पहिले शिल्यान्यास गरेको मन्दिर आफैले उद्घाटन गर्न पाउदा खुसि लागेको बताएका थिए उनले मन्दिर निर्माणका लागि नगरपालिकाले १ लाख ५० हजार सहयोग गरेको बताएका थिए।  साथै नगर भित्रका सबै बिद्यालयहरुले  शैक्षिक गुणस्तर बृद्दि को लागि परम्परागत शिक्षण प्रणाली बाट माथि उठेर आधुनिक प्रणालीबात शिक्षण गर्नुपर्ने बताएका थिए।

उनले अबका दिनमा सबै बिद्यालयहरुले आफ्नो धर्म संस्कृति परम्परालाइ ख्याल राख्दै आधुनिक प्रविधिको प्रयोग गर्दै आधुनिक शिक्षण विधिलाई संगै लानु पर्ने बताएका थिए।

उक्त कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका का प्रमुख सल्लाहकार दिपक रिसालले स्थानीय तहमा शैक्षिक नीतिको मस्यौदा निर्माण भइरहेको जानकारी दिंदै सरस्वती मन्दिर निर्माण समितिलाई र आयोजकलाइ धन्यवाद दिएका थिए उनले अब गुणस्तर शिक्षाको लागि  शैक्षिक नीति आधुनिक  हुने भन्दै त्यसका लागि सबैको साथ् र सहयोग आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष राम मानन्धरले  बिद्यालयको विद्यालयको इतिहास र बर्तमानको बारेमा चर्चा गरेका थिए उनले पहिले विद्यालयको भौतिक अवस्था नाजुक रहेकोमा हाल केहि सुधार हुँदै गएको बताएका थिए ।उनले बिद्यालय परिसरमा निर्माण भएको सरस्वती मन्दिर ९ महिनामा सम्पन्न गर्न अहोरात्र खट्नेहरुलाई बिशेष धन्यबाद दिंदै बिद्यालय भन्दा तल रहेको २१ रोपनी  सार्बजनिक जग्गामा पार्क बनाउने सोच रहेको समेत बताएका थिए ।

कार्यक्रममा सहयोगी दाता संघ सस्थाहरुलाई सम्मान गरिएको थियो ।सभाध्यक्षको आसन बाट बोल्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थ बहादुर लामाले उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।उक्त कार्यक्रम को संचालन गौतम खनालले गरेका थिए।सरस्वतीको पुजाको अवसरमा बिद्यालयका बिध्यार्थीहरुले नृत्य तथा सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

फोटो सौजन्य :विकास चालिसे

तपाइँको प्रतिक्रिया ।