हिजो कपनमा भएको एमाओवादी जनसभाका १५ कुरा

कपन अनलाइन
संविधानसभाको चुनाव केन्द्रित गतिबिधिमा सबैभन्दा अगाडि रहेको एमाओवादीले कपनमा एक जनसभा आयोजना गरेको छ । यो जनसभा यस अर्थमा महत्वपूर्ण मानिएको कि अध्यक्ष प्रचण्ड स्वयम् यस सभालाई सम्बोधन गर्दै थिए । निर्वाचनको प्रचारप्रसार गर्ने पहिलो चरणको एक महिने कार्यक्रमअन्तर्गतको अन्तिम दिनमा यस किसिमको जनसभा आयोजना गरिएको हो । कार्यक्रमका दिन देखिएको .केही चाखलाग्दा कुराहरुः

१. कार्यक्रमको दिन बिहानैदेखि कपनका चोकचोकमा कपन एमालेका हस्ति मिठाराम अधिकारी एमाओवादीमा प्रवेश गर्दैछन् भन्ने हल्ला चलाइएको थियो । फलस्वरुप धेरै कांग्रेस तथा एमाले समर्थकहरु पनि कार्यक्रमस्थलमा देखिन्थे ।

 
२. चारदिन अघि वक्तव्य प्रकाशित गरेर ड्यास माओवादीतिर लागेका लक्ष्मी धिताल एमाओवादी जनसभा सफल बनाउन निकै दौडधुप गरिरहेका थिए । कार्यक्रम सकिएपछि उनी एमाओवादीमा नै फर्केको कुरा बताइएको छ ।

 
३. १२ बजे आउने भनिएका प्रचण्ड १.३० बजेतिर ठूलो हल्लाखल्लाबिना आइपुगेका थिए ।

 

४. कार्यक्रममा करिब २०० को संख्यामा मोटरसाइकलहरु थिए । मोटरसाइकलहरु डम्बर अधिकारी अध्यक्ष रहेको बालउद्धार स्कूलमा पार्ककिङ गरिएको थियो ।

 

५. प्रचण्ड आउनपूर्व कार्यक्रम खचाखच भए पनि प्रचण्डले भाषण गर्दाको समयसम्म एक तिहाइ मानिस फर्किसकेका थिए ।

 

६. विवादस्पद पुत्र प्रकाशका साथमा  प्रचण्ड आउने बित्तिकै नवप्रवेशीहरुलाई अबिर र खादा लगाउने कार्यक्रम गरिएको थियो ।

 

७. कपनबाट जे जे हल्ला चलाइए पनि ४ महिनाअघि एमाओवादी प्रवेश गरेका ठाकुर खकुरेलकी श्रीमती र छोरीसहित करिब १२ नचिनिएका अनुहारमात्र .एमाओवादी प्रवेश गरेका थिए ।

 

८. केटाहरु प्रवेश गराउँदा गरेरसेक्युरिटीले समातेर टीका तथा खादा लगाउँन लगेका थिए । स्मरणीयरहोस् यही ठाउँमा करिब १ वर्ष अघि नेपाली कांग्रेसका सभापति सुशिल कोइरालामाथि आक्रमण भएको थियो ।

 

९. श्रीमती र छोरी एमाओवादी प्रवेशपछि ठाकुर खकुरेल छमछमी नाचे ।

 

१०. प्रचण्डले करिब ३० मिनेट गरेको भाषणमा ठाकुर खकुरेलको नाम तीन पटक लिए । मञ्चबाटै राज्य समितिमा लैजाने घोषणा गरे ।

 

११. कपनमा भएको कार्यक्रममा मञ्चमा कपनबाट ठाकुर खकुरेलमात्र थिए । संजय अर्याल, शिव बजगाई, सुवास राईहरु दर्शकदिर्घामा चुपचाप थिए ।

 

१२. क्षेत्र नं. ४ बाट गोविन्दकृष्ण अधिकारीले मात्र बोल्ने अवसर प्राप्त गरेका थिए ।

 

१३. कार्यक्रममा उपस्थित विभिन्न मिडियाका पत्रकारले प्रचण्डले धेरै समयपछि अत्यन्त कमजोर भाषण गरेको बताइरहेका थिए । सायद भाषण सुन्नेहरुको कम उपस्थितिले पनि हुन सक्ने पनि उनीहरुको आंकलन थियो ।

 

१४. कार्यक्रम सकिएपछि मिलनचोकतिर अब क्षेत्र नं. ४ बाट एमाओवादीका उम्मेदवार भनेर ठाकुर खकुरेल हल्ला गर्दै चिया पिउँदै गरेका केही अधवैंशेहरु भेटिए ।

 

१५. करिब ३०० व्यक्ति प्रवेश गरिएको भनिएको कार्यक्रममा पूराना संगीतकार बुलु मुकारुङ र जनशक्ति पार्टीका केन्द्रिय सदस्य भनेर लक्ष्मणराज सत्याल प्रवेश गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।