केन्द्रले तोकेको उम्मेदवार काठमाडौँले मान्दैन

कपन अनलाइन सम्वाददाता/  पुरुषोत्तम नेपाल : चुनावी गृहकार्यका लागि आन्तरिक कार्यमा व्यस्त नेकपा एमालेले भदौ १ गते शनिवार आफ्ना संगठित सदस्यहरूको भेला सम्पन्न गरेको छ । एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष निर्मल कुइकेल प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रम कपन गाउँ पार्टीको कार्यालयमा आयोजना गरिएको थियो ।

बिहानै देखि कपनका केही माओवादीहरुले कपन एमालेका प्रमुख हस्ती मीठाराम अधिकारी लगायत माओवादीमा प्रवेश गर्ने हल्ला चलाइएको पृष्ठभूमिमा उक्त कार्यक्रममा बोल्दै एमाले काठमाडौं जिल्ला कमिटीका सदस्य समेत रहेका मीठाराम अधकिारीले माओवादी हल्लाको खेती गर्ने समूह मात्र भएको र विगतमा केही व्यक्तिलाई लगेर पनि एमालेको क्षति पुर्याउन नसकेपछि कपनवासीमा भ्रम छर्दै आफ्नो सभामा उपस्थिति बढाउनका लागि यो हल्ला फैलाएको आरोप लगाउनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि निर्मल कुइकेलले आफ्ना भनाइहरु राख्दै भने  माओवादीले सत्र हजार जना नेपाली जनताको हत्याको कारण पुष्टि गर्न नसकेपछि घुमाएर एमालेको कार्यक्रमलाई आफ्नो भन्न थालेको तथा नेपाली काँग्रेस भन्नलाई आफूलाई समाजवादी भन्ने तर व्यवहारमा भने समाजवादी बन्न नसकेको तर्क प्रस्तुत गर्नुभएको थियो । वहाँले कार्यकर्तालाई अबको चुनावमा एमाले लाई मत माग्ने प्रशस्त आधारहरू रहेकोले निर्धक्कसँग चुनावमा केन्द्रित हुन निर्देशन समेत दिनुभएको थियो ।

यसै बीच कार्यकतामाझबाट उठेका प्रश्नहरूको जबाफ दिँदै अध्यक्ष कुइकेलले अबको निर्वाचनमा नेकपा एमालेले केन्द्रबाट पठाएको नभई बहुमत कार्यकर्ताबाट अनुमोदित उम्मेदवारलाई मात्र  जिल्ला कमिटीले संविधानसभाको उम्मेदवार सिफारिस गर्ने बताउनुभयो । तपाई पनि अबको निर्वाचनको  उम्मेदवार बन्नु पर्छ येसकालागि तपाई तयार हुनुहुन्छ?  कार्यकाले सोधेको  प्रश्नको जबाफमा वहाँले काठमाडौंको कम्तीमा ८ वटा निर्वाचन क्षेत्रमा एमालेलाई जिताउन सकेमा आफूले स्वतः जित्ने भएकोले उम्मेदवारको दौडमा नरहेको जवाफ दिनुभएकोथियो ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।