दक्षिणी सुडानमा युद्धविरामको अनुगमन फितलो
कपन अनलाइन
जुबा, ६ माघ । दक्षिणी सुडानको सरकारले युद्धविराम सम्झौता कार्यान्वयनको प्रभावकारी अनुगमन हुन नसकेको जनाएको छ । सरकार र विद्रोहीकाबीचमा भएको सम्झौता अनुगमनका लागि बनाइएको निकायबाट सन्तोषजनक काम हुन नसकेको सरकारीपक्षले शुक्रबार जनाएको हो ।
हाल सक्रमण कालको लागि बनेको सरकारका सरकार प्रमुख मार्टीन इलिआ लोमुरोले अनुगमनलाई कडाई गर्न आह्वान गरिने पनि पत्रकारहरुलाई जानकारी दिए । ‘विद्रोही पक्षले शान्ति प्रक्रियालाई अगाडी बढाउन चाहेका छन् की पछाडी धकेल्न चाहेका छन् भन्ने बारेमा प्रश्न उठेको छ,” सरकार प्रमुख लोमुरो बताएका छन ।
युद्धविरामको सम्झौता भएदेखि अहिलेसम्म सरकारी पक्ष ३१ वटा आक्रमण भएको तथ्य उहाँले सार्वजनिक गर्नुभयो । शान्ति सम्झौता गरेको विद्रोही पक्ष सुडान पिपुल्स लिबरेसन आर्मीले केहीदिन अगाडी दक्षिणी सुडानको सरकारी पक्षबाट नै युद्धविरामको उलङ्घन भएको आरोप लगाएको थियो ।
पूर्व प्रथम उपराष्ट्रपति रिएक माचार नेतृत्व गरेको विद्रोही समूहले सरकारी पक्षबाट लगातार युद्धविरामको उलङ्घन भइरहेको बुधबार बताएको थियो । दक्षिणी सुडानमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूको रोहबरमा सरकारी पक्ष र विद्रोही पक्षका बीचमा सन् २०१५ को अगस्टमा शान्ति सम्झौता भएको थियो ।