विश्व क्रिकेट लिग डिभिजन २ को खेल तालिका सार्वजनिक

विश्व क्रिकेट लिग डिभिजन २ को खेल तालिका सार्वजनिक

कपन अनलाइन

काठमाडौ, माघ ६।

विश्व क्रिकेट लिग डिभिजन २ को नामिबियामा खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगिता आगामी २३ माघ देखि ४ फागुन सम्म चल्ने छ ।

नेपालले पहिलो खेलमा आगामी २५ माघमा आयोजक नामिबिया सँग प्रतियोगिताको पहिलो खेल खेल्ने छ । प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुने छ । डिभिजन-२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले एक अर्का विरुद्ध प्रतिष्पर्धा गर्ने छन् । डिभिजन-२ का शीर्ष २ टिमले विश्वकप छनोटमा स्थान पाउने छन् ।

तपाइँको प्रतिक्रिया ।