काठमाडौंको भित्री शहरमा चार पाङग्रे सवारी साधन प्रवेशमा रोक

काठमाडौंको भित्री शहरमा चार पाङग्रे सवारी साधन प्रवेशमा रोक

कपन अनलाइन

काठमाडौं,माघ ३ ।
काठमाडौंको असन, इन्द्रचोक र यस आसपासका भित्रि सडकमा ४ पाङग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ। स्थानीय निकायको समन्वयमा आवागमन सहज बनाउन उक्त क्षेत्रमा ४ पाङग्रे सवारी साधनलाई विहान ७ बजे देखि बेलुकी ७ बजेसम्म निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले जानकारी दिएका  छन ।

इन्द्रचोकबाट वटु,असन र भेडासिंह जाने ४ पाङग्रे गाडिलाई जान निषेध गरिएको छ । यस्तै ठैँटीबाट ज्वालामाई हुँदै असन जाने र ठैँटीबाट सिधै असन जाने ४ पाङग्रे गाडीलाई पनि निषेध गरिएको छ ज्याठा, कमलाछी, भोटाहिटी, महाबौद्धबाट असनतर्फ पनि ४ पाङग्रे सवारी साधन जान पाउने छैनन् ।

असन भोटाहिटी सडकखण्डमा भने सबै प्रकारका सवारी साधनलाई रोक लगाइएको छ । भेडासिंहबाट नघल बाङगेमुढा र इन्द्रचोकसम्मको सडकलाई पनि २४ सै घण्टा एकतर्फी बनाइएको छ । यसअघि ट्राफिक प्रहरीले ठमेल र पशुपती क्षेत्रका भित्रि सडकलाई भेइकल फ्री जोन बनाइसकेको छ ।

तपाइँको प्रतिक्रिया ।