धोबीखोला कोरिडोर निरीक्षणमा बुनपा प्रमुख उद्दव खरेल

धोबीखोला कोरिडोर निरीक्षणमा बुनपा प्रमुख उद्दव खरेल

कपन अनलाइन 

काठमाडौ,माघ ३।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले धोबीखोला कोरिडोर निरीक्षण गरेका छन । काठमाण्डौ उपत्यका विकास प्राधिकरणका प्रमुख ई.दिपक श्रेष्ठ सहितको टोलि लिएर प्रमुख खरेल निरीक्षणमा गएका थिए ।

उनले निरीक्षणको क्रममा निर्माणमा भै रहेको प्रगति ,त्यसले परेको प्रभाव र कोरिडोर क्षेत्रका समस्याका वारेमा जानकारी लिएका थिए ।

निरीक्षण को क्रममा केहि स्थानमा खोलाको बहावले उत्पन्न जमिन कटान र यसबाट सिर्जित समस्या बारे बुझ्दै तयसको समाधान का उपायहरुका वारेमा स्थानीय र सरोकार वाला पक्ष संग छलफल समेत गरेका थिए ।

नगरपालिका का भित्रि सडक साँघुरा र आवतजावतमा समस्या पर्ने भएकोले यस नगरपालिकाको यातायात सुविधा सहज बनाउन यो कोरिडोर निकै महत्वपूर्ण रहेकोले यसको निर्माण प्रगति बुझ्न प्रमुख निरीक्षण र अनुगमनमा निस्किएको नगरपालिका श्रोतले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।