ल्याण्डलाइन फोन नयाँ विलिङ प्रणालीमा

ल्याण्डलाइन फोन नयाँ विलिङ प्रणालीमा

कपन अनलाइन 

काठमाडौं,माघ ३।

माघ ४ गते बिहीबारसम्म टेलिफोन सम्बन्धित सबै कारोबार बन्द हुने नेपाल टेलिकमले जनाएको छ । ल्याण्डलाइन फोनलाई नयाँ विलिङ प्रणालीमा लैजानका लागि २ दिन कारोबार सेवा बन्द गरिएको टेलिकमले जानकारी गराएको हो ।

टेलिकमले प्रीपेड मोबाइल प्रणालीमा टेलिफोन सञ्चालन गर्न लागेको छ । टेलिकमले ल्याण्डलाइन फोनलाई रियलटाइम विलिङ सिस्टममा रुपान्तरण गरेर प्रीपेड मोबाइल जस्तै बनाउन लागेको हो । नयाँ प्रणाली अनुसार अब सुरुमै पैसा तिर्नु पर्छ र जति पैसा तिरिएको हो त्यति बराबर कल गरिसके पछि फोन आफैं काटिने टेलिकमले जनाएको छ ।

ल्याण्डलाइन फोनको प्रभावकारीता र राजश्व संकलनलाई नयाँ ढंगले अघि बढाउन रियल टाइम विलिङ सिस्टम ल्याउन लागिएको हो । फोन गर्ने वित्तिकै कति रुपैंयाँ बिल उठ्यो भन्ने समेत जानकारी यस सेवाबाट पाइने छ ।

 

तपाइँको प्रतिक्रिया ।