ओलीले नेपाली फिल्म हेर्दा टिभी बन्द गरेको सुनाए

कपन अनलाइन

नेकपा एमालेका नेता के.पि. ओलीले नेपाली फिल्म हेर्दा आफूले टिभी बन्द गरेको बताए । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल अन्तर्गत कलाक्षेत्र राष्ट्रिय समितिद्वारा आज आयोजित कला क्षेत्रको समस्या र समाधान विषयक अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका ओलीले सो कुरा बताएका हुन् । ओलीले यसो भनिरहँदा नेपाली चलचित्र क्षेत्रका दिग्गज यादव खरेल उनकै छेउमा बसेर हाँसिरहेका थिए । ठट्यौलोरुपमा प्रस्तुत भएका ओलीले नेपाली खाना, नेपाली कला संगीतका कुरालाई प्रतिकको रुपमा विकसित बताउँदै देश विकास नभएको प्रति औल्याँएका थिए । उनले देश विकासको पथतिर जाने क्रममा रहेको भन्दै निराश नहुन सबैलाई आग्रह पनि गरे । सो अवसरमा नेपाली कला क्षेत्रमा रहेको विभिन्न समस्याहरुका बारेमा चलचित्रकर्मी एवं संगीतकर्मीले कार्यपत्र प्रस्तुत गरेको थिए ।

सो अवसरमा उठेका नेपाली संगित क्षेत्रको समस्या र सवालहरुः

  •  राज्यले गित संगितमा लागेका स्रष्टाहरुको बारेमा कुनै पनि निति नबनाउदा कलाकारहरुको अवस्था नाजुक
  •   संगित नाट्य एकेडेमी, साँस्कृतिक संस्थानजस्ता निकायहरु वार्षिक बजेटको अभावले चल्नै नसक्ने अवस्था
  •  लोकगित आधुनिक गित, परम्परागत गित संरक्षणकालागि राज्यको तर्फबाट प्रोत्साहनपूर्ण सहयोग नभएको ।
  •  सिआरबीटी र पिआरबिटिबाट सबै स्रष्टाहरुले फाइदा लिन नसकेको कतिले जानेर कतिले नजानेर संकलन गर्न नसकेको ।
  •   गित संगितमा लाग्ने स्रष्टाहरुको क्षमता विकासकालागी छुट्टै कलेज तथा विश्वविद्यालय नभएको, भएका कलेजहरुको अवस्था दयनिय, जस्तैः ललितकला क्याम्पस ।

चलचित्र क्षेत्रका समस्या र सवालहरुः

  •   नेपालमा चलचित्र बन्न थालेको ५० बर्ष भएतापनि चलचित्र सम्बन्धी निति नभएको ।
  •   चलचित्रकर्मिको विमा सुविधा वापत एक समुहको जम्मा १३ हजार विमा रकम, हालको समयमा उक्त रकम अत्यन्त अव्यवाहरिक र समय सापेक्ष नरहेको ।
  •   राष्ट्रिय चलचित्र नितिका लागि बरिष्ठ चलचित्रकर्मी यादव खरेलको संयाजकत्वमा एक समिति बनाइएको, तर कार्यान्वयनको पाटो शून्यरहेको  ।

सो अवसरमा चलचित्रकर्मी केशव भट्टराइले चलचित्र सम्बन्धी कार्य पत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथी बरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा एवं चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष अमर गिरीले टिप्पणी गर्नुभएको थियो । संगीततर्फको कार्यपत्र जनसंगीत मञ्च नेपालको अध्यक्ष माधव प्रधानले कार्यपत्र प्रस्तुत गर्नुभएको र सो कार्यपत्रमाथी वरिष्ठ संगितकारहरु बुलु मुकारुङ्ग र सुरेश अधिकारीले टिप्पणी गर्नुभएको थियो ।

Ramsharan Sapkota
अनरोस्ववीयू ललितकला क्याम्पस कमिटिका अध्यक्ष रामशरण सापकोटा

सो कार्यक्रममा सहभागी संगीतकर्मी एवं ललितकला क्याम्पसका अनेरास्वीयू अध्यक्ष रामशरण सापकोटासंग कपन अनलाईनले कार्यक्रमको बारेमा जिज्ञासा राख्दा राज्यको ध्यान नपुरयाउदा ललितकलाजस्तो देशको एकमात्र कला क्याम्पस सुसुप्त अवस्थामा रहेको र विना योजना प्रमाणपत्र तह खारेज पश्चात कलाका विद्यार्थीहरुको मनोभावनामाथी कुठाराघात भएको र प्रमाणपत्र विनाको स्नातक तह प्रभावकारी हुन नसक्ने ठोकुवा गरे । कार्यक्रममा युवासंघका विभिन्न तह र तप्काका कार्यकर्ता एवं चलचित्रकर्मि एवं संगीतकर्मिहरुको उपस्थीती रहेको थियो । कार्यक्रम चलचित्र विकास बोर्डको भवन चावहिलमा भएको थियो ।

 

 

 

तपाइँको प्रतिक्रिया ।