कपनको पहिचान बिगार्दैछ गोकर्ण नाकाको बाटोले
कपन अनलाइनबद्रि भट्टराई
कपन गाविसबाट उच्चस्तरीय सहिदपार्क जाने छोटो बाटो आज हिड्न त के बाटो हेर्दा पनि पाइला नचाँलु जस्तो भएको छ । प्रशिद्ध गोर्कणेश्वर मन्दिर जाने यो बाटो अहिले बाटो नभएर कुनै खेत जस्तो बनेको छ । कपन गाविसको वडा नं. ९ को जोरपाटी सिमानामा पूलपारी रहेको यो बाटो उच्चस्तरीय सहिद पार्क जाने कपनको प्रमुख बाटो हो । करोडौं खर्च गरेर शान्ति तथा पुनः निर्माण मन्त्रालयले निर्माण गरिरहेको उच्चस्तरीय सहिदपार्कले पानीको कुलोलाई व्यवस्थित नर्गनाले पनि यो बाटो यस्तो अवस्थामा आएको बताउँछन् पैयाटार टोल सुधार समितिका अध्यक्ष राजेन्द्र बुढाथोकी उनि भन्छन “मरेको मानिसलिएर यो बाटोबाट मलामी समेत जान सकिएन” बाटोको यस्तो अवस्था आँउदासमेत कसैको ध्यान नगएकोमा उनि दुःख पोख्दै थिए ।
कच्ची सडक, अव्यवस्थित कुलो र खेत । अनि त्यसमा पनि पानी । बाटो त्यस्तो हुने भइहाल्यो आवश्यकपर्दा कुलो भत्काएर बाटोको पानी खेतमा पुग्छ अनि खेतको पानी बाटोमा समेत पुग्छ । उच्चस्तरीय पार्कसंग आफ्नो पहिचान बनाउने कपन गाविस अनी जोरपाटी गाविस विग्रिएको यो बाटो बनाउन भने चासो नै दिदैनन् । विपद् व्यवस्थापन समितिका सदस्य एवं नागरीक वडा मञ्च ९ नं वडाका सदस्य सुर्दशन के.सी का अनुसार कपनको यो बाटोबाट धेरै मानिसहरु ओहर दोहर गर्छन । र कपन छिर्ने एउटा नाकासमेत भएका कारण कपन गाविसले यस विषयलाई बढि चासो दिनुपर्ने बताउँछन् के.सी. । कुसे औँसी आउन लाग्यो तर गोकर्ण जाने बाटोले कपनको नै बेजेत हुने अवस्था देखेर यहाँका स्थानीय चिन्तित रहेको बताउँछन् उनी । उनकै टोलीले यसै बाटोको लागि भनेर जोरपाटी गाविसलाई समेत यस विषयमा ध्यानदिन पत्राचार गरेको छ । सिमानाको आधारमा यो बाटो आधा कपन र आधा जोरपाटीको भए पनि उपयोगचाहिँ कपनबाट बाहिरिन वा कपन भित्रिनका लागि हुने गर्दछ ।
मानिस हिँड्न सक्ने बनाउनका लागि तत्काल २० टिपर चोक्करको मात्र प्रयोग गर्न आवश्यक छ । के.सी र बुढाथोकीभन्दै थिए– राजनीतिक शक्ति नहुनु पनि केहि रहेनछ सायद हामी पनि वडा नं १ र ३ मा भएको भए समस्याको समाधान भइसक्थ्यो होला । किनकी कपनको राजनैतिक दलका नेता तथा अनुगमन समितिका सदस्यहरु यो बाटो हिड्न नपर्ने भएकाले यता ध्यान दिँदैनन् ।
कपनको परिचय संग जोडिएको यस बाटोलाई तत्काल पिचगर्न नसकिए पनि कम्तिमा मानिस हिँड्न मात्र सक्ने बनाउनु सबैको दायित्व हो । यस विषयलाई कपन गाविस र त्यहाँका स्थानियबासीहरुले समेत विशेष पहल गर्न आवश्यक छ । कपन गाविसले महत्वपूर्ण सहिदपार्क जाने छोटो एवम् कपनको सबैभन्दा पायकको बाटोलाई स्तरीय बनाउन सके गाविसको पहिचानपनि राम्रो बन्थ्यो होला ।