रास्ट्रिय योग दिवसमा सिद्धेश्वर योग साधना केन्द्र सहभागी
कपन अनलाइन
काठमाडौ,माघ १।
सिद्धेश्वर योग साधना केन्द्रले रास्ट्रिय योग दिवसको अवसरमा शान्ति बाटिकामा आयोजना गरिएको कार्यक्रममा सहभागिता जनाएको छ ।
योग केन्द्रको साथमा संगीत कुन्ज नेपाल र आशा नामक सामाजिक संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
उक्त रास्ट्रिय योग दिवस कार्यक्रमको प्रमुख अतिथि शिक्षा मन्त्रालयका सचिव मधु प्रसाद रेग्मी रहेका थिए भने कार्यक्रम संयोजक हरि प्रसाद पोखरेल रहेका थिए ।
कार्यक्रममा योग प्रशिक्षक भानु भक्त दाहाल ,केन्द्रकी अध्यक्ष कमला पाण्डे , संगीत कुन्ज नेपालका संयोजक श्याम पोखरेल ,केन्द्रका संरक्षक चन्द्र प्रसाद सिवाकोटीको साथमा केन्द्रका कार्यसमिति सदस्य तथा आजीवन सदस्यहरुको सहभागिता रहेको थियो।
तपाइँको प्रतिक्रिया ।