सन मुन साकोसको सातौ साधारण सभा सम्पन्न

सन मुन साकोसको सातौ साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौ,पौष ३०।

गोकर्णेश्वर नगरपालिका अत्तरखेल संखडोलमा संचालिन सन मुन बचत  तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सातौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रमको सभाध्यक्षता संस्था को अध्यक्ष महेस गौतमले  गरेका थिए । उक्त साधारण  सभामा बचत कर्ता , शेयर होल्डर लगायतको उल्लेख्य  उपस्थिति रहेको थियो ।  कार्यक्रममा संस्थाका सल्लाहकार सुरेन बस्नेतले स्वागत मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रममा  संस्थाका  कोषाध्यक्ष  राजन कार्कीले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए  भने  संचालक समितिका सचिब प्रकाश तिमिल्सिना ले कार्यक्रम  संचालन गरेका थिए। त्यस्तै गरि लेखा सुपरिबेक्षण समितिका संयोजक ले लेखा समितिको बार्षिक प्रतिबेदन पेश गरिएको थियो ।कार्यक्रम को दोस्रो सत्रमा  नया कार्यसमिति चयन समेत गरिएको थियो ।

सभाध्यक्ष को आसन बाट बोल्दै महेश गौतमले  उपस्थित सबैलाई धन्यबाद दिंदै संस्थाको बिकासमा सदैब लागिरहने सेयर सदस्यहरुलाई प्रविधिमैत्री सेवा प्रदान गरी उत्कृष्ट सहकारी बनाउन  लाग्नु पर्ने बताएका थिए ।स्थापना काल देखि विभिन्न   आरोह अवरोह पार गर्दै सस्था अघि बढिरहेकोले आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्नु पर्ने बताएका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।