ग्लोरी साकोसको आठौ साधारण सभा सम्पन्न

ग्लोरी साकोसको आठौ साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौ,पौष ३०।

ग्लोरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औ  वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं ३ पार्क भिलेज होटलमा सम्पन्न भएको साधारण सभामा प्रमुख अतिथि रास्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष युवराज खतिवडा रहेका थिए भने विशेष अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल र अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरु अतिथि  रहेका थिए ।

उक्त साधारण सभाले अध्यक्ष ,कोसाध्यक्ष र लेखा समिति प्रमुखले पेस गरेको प्रतिवेदन पारित गर्दै नयाँ नेतृत्व समेत चयन गरेको छ।

साधारण सभाले तेश्रो कार्यकालका लागि राजेन्द्र श्रेष्ठ लाई अध्यक्ष अध्यक्षको रुपमा चयन गरेको थियो । उक्त संस्थाको उपाध्यक्षमा बिनय थापा, सचिवमा  बिनय केसी, कोषाध्यक्षमा  राजकाजी श्रेष्ठ र सदस्यहरुमा गौरा  श्रेष्ठ, नवराज श्रेष्ठ ,लासिदा श्रेष्ठ निर्वाचित भएका छन ।

त्यस्तै लेखा समिति संयोजकमा खेमराज घिमिरे र ऋण समिति संयोजकमा केशव ठकुरी चयन भएका छन ।

यस साकोसले आर्थिक उपार्जनका गतिविधिहरुका साथमा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको बुनपा वडा नं २ का सदस्य समेत रहेका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

 

 

 

तपाइँको प्रतिक्रिया ।