यूवा संघ नेपाल बुनपा १० र नारायण चोक यूवा क्लबको सर सफाई कार्यक्रम सम्पन्न

यूवा संघ नेपाल बुनपा १० र नारायण चोक यूवा क्लबको सर सफाई कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ,पौष ३० ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० यूवा संघ नेपाल कपन  र नारायण चोक यूवा क्लबले संयुक्त रुपमा आज  बिहान बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।  वडाको विभिन्न स्थानमा सरसफाई गर्नुको साथै जनचेतना जगाउने खालका गतिबिधि समेत गरिएको थियो ।

सफा वडा नै आफनो पहिचान, परिचय अनि सभ्यता  संग गासिएकोले आफनो वडालाइ  सभ्य र सफा वडा वनाउनको लागि युवाहरु जुटेका छन । उक्त कार्यक्रममा यूवा संघ नेपाल बुनपा १० र नारायण चोक यूवा क्लबका पदाधिकारीहरु सहित  युवाहरुले बाटोमा जथाभावी फ्याकिएका प्लास्टिक तथा सिसाजन्य फोहोर संकलन गरि सरसफाई गरेका थिए।  सरसफाईमा जुटेका युवाहरुले स्थानीय तहमा युवाहरु नै जागरुक भई सामाजिक कार्यमा लाग्न नारायण चोक युवा क्लब ले  आग्रह गरेको थियो  ।

स्वच्छ सफा सुन्दर नगर बनाउने हाम्रो नगर भन्ने नाराको साथमा सुरु गरिएको उक्त सरसफाई राम्रो समाजको निर्माणका प्रत्येक ब्यक्ति एउटै परिवारको सदस्य जस्तै भइ कुनै राम्रो काम गर्न एक ढिका भएर सामाजिक सदभाब, भातृत्व प्रेमको भावना रहोस भन्ने उदेश्यले सरसफाई कार्यक्रमको आयोजना गरिएको युवा संघ नेपाल बुनपा १० का अध्यक्ष उज्वल प्रताप उपाध्यायले कपन अनलाइन लाइ बताए। उनले  भविष्यमा पनि सर सफाइ कार्यक्रमलाई  निरन्तरता दिने बताए ।

फोटो सौजन्य :उज्वल प्रताप उपाध्याय

तपाइँको प्रतिक्रिया ।