कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने तयारी
कपन अनलाइन
काठमाडौ,पौष २९।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमिततर्फको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको बताउदै आएको बोर्डले आज साँझ सम्म सार्वजनिक गर्ने तयारी थालेको स्रोतले जनाएको छ ।
यसभन्दा अघि पुस २० गतेभित्रमा नजिता सार्वजनिक गर्ने बताउदै आएपछि ग्रेडिङ प्रणालीले गर्दा नजिता सार्वजनिक गर्न ढिलाई भएको स्रोतले जनाएको छ । नतिजा यो वर्षदेखि ग्रेडिङ प्रणालीबाट प्रकाशन हुनेछ । ग्रेडिङ प्रणालीबाट आउन लागेकाले नतिजाबारे विद्यार्थीमा कौतूहल देखिएको परीक्षा बोर्डले बताएको छ । यसअघि एसईईको नतिजा ग्रेडिङ प्रणालीबाट सुरु भइसकेको छ ।प्रणाली वैज्ञानिक र अन्तर्राष्ट्रिय स्तरमा पनि मान्य भएकाले कक्षा ११ को नतिजा ग्रेडिङ प्रणालीबाट गर्ने बोर्डले निर्णय गरेको छ ।
परीक्षामा देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थीले फारम भरेका थिए । यसअघि गत मंसिर १८ गते बोर्डले कक्षा ११ आंशिकको नतिजा सार्वजनिक गरेको थियो ।आंशिक परीक्षामा एक लाख एक हजार ३७५ विद्यार्थी सहभागी भएकामा ३६ हजार ७४ जना अर्थात् ३५.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
यसरी छुट्टाईन्छ ग्रेडिङ
विभिन्न ९ ग्रेडमा वर्गीकरण गरेर एसईई प्रणालीमा अधिकतम अंक ल्याउनेलाई ‘ए प्लस’ र ४ जीपीए दिइन्छ त्यसभन्दा तलको ग्रेडमा क्रमशः ४ जीपीए बाट शून्य दशमलव ४ प्वाइन्टका दरले घटाउँदै अंक दिने व्यवस्था छ । तर, कक्षा ११ को लागिचाहिँ बोर्डले जीपीए ४ बाट घटाउँदै तल्लो तहकालाई ३ दशमलव ९ हुँदै प्रत्येक तल्लो तहकालाई ० दशमलव १ प्वाइन्टका दरले घटाएर अंक दिएर नतिजा प्रकाशन गर्न लागको छ ।