बागमतीको अवस्था फेरि दयनीय बन्दै छ सबै सचेत बनौ (पाठक चौतारी )

बागमतीको अवस्था फेरि दयनीय बन्दै छ सबै सचेत बनौ (पाठक चौतारी )

कपन अनलाइन 

काठमाडौ,पौष २९।

मुहानदेखि नै वाग्मती सफा गरौं भन्ने नाराका साथ पुडासैनी मैत्री समाजको नेतृत्वमा संचालन भैरहेको वाग्मती सफाई अभियानको २०५ औं श्रृंखला २०७४ पुस २९ गते सम्पन्न भएको छ ।

वाग्मती अभियानकै क्रममा गतबर्ष यहि मौसममा लुगा धुने र नुहाउनेहरुको भीड देखिने गुह्येश्वरी भन्दा माथिल्लो भेगको वाग्मती नदी यसबखत पुन एकपटक मलमुत्रले बिकृत बनाएको छ ।

नदीमा खुल्ला रुपमा मिसाईएका ढलहरु र यत्रतत्र फालिन थालिएका फोहोरहरुले नदीलाई सफाई अभियान पूर्वको अवस्थातर्फ उन्मुख गराई रहेको अनुभूती जो कोहीले गर्नसक्छ ।

पछिल्लो समय नदीमा माछाहरु देखिन थालिएका समाचार बाहिर आईरहेको बखत नदीका माछाहरु धमाधम मर्न थालेको र वाग्मती नदी प्राणीबिहिन बन्न थालेको छ ।

गोकर्ण–सिनामंगल क्षेत्रको वाग्मतीमा सौन्दर्यीकरण परियोजना संचालन भैरहँदा नदी किनारको संरक्षण र नदी भित्र ढलको फोहोर खसाल्ने कार्यमा जनस्तरबाट निगरानी पुर्याउन नसक्नु र जिम्मेवार निकाय यसप्रति उदासिन हुनुको परिणतीका रुपमा वाग्मती नदी फेरि एकपटक फोहोर बनिरहेको छ ।

यसप्रति सम्बन्धित निकायको ध्यान तत्कालै पुग्नु जरुरी छ । यसैबीच माथिल्लो भेगमा संचालन भैरहेको वाग्मती सफाई अभियानको २०५ हप्ताको कार्यक्रममा नदी र नदी किनारबाट फोहोर संकलन गर्नेकार्य सम्पन्न भएको छ । यसक्रममा नदीभित्र साना ठुला बग्रेल्ति मरेका माछाहरु फेला परेका थिए । नदीको पानीमा मलमुत्रको मात्रा बढ्न थालेको र अक्सिजनको मात्रमा कमि आएका कारण माछाहरु मरेको बिज्ञहरुको धारणा रहेको छ ।

अनुरोध र पहल गर्ने
पुडासैनी मैत्री समाज

तपाइँको प्रतिक्रिया ।