बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा कुमारी महिला समुह गठन
कपन अनलाइन
काठमाडौ,पौष २६।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा कुमारी महिला समुह गठन भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ की सदस्य भगवती निरौलाको संयोजनमा गठन भएको सो समुहको अध्यक्षमा प्यारी कुमारी शर्मा अध्यक्ष रहेकी छन।
त्यस्तै समुहको उपाध्यक्ष ,सचिव र कोसाध्यक्ष र सह सचिवमा क्रमस राधा न्यौपाने ,निरजा आचार्य ,सरिता अधिकारी र दुर्गा बिस्ट रहेका छन भने सदस्य हरुमा अश्मिता बरुवाल ,लीला अधिकारी ,अम्बिका शाह ,जानुका रिजाल ,प्रेम कुमारी गुरूंग र नर्बदा अधिकारी रहेका छन ।
यस समुहले महिला हक हित र अधिकारको संरक्षण का लागि काम गर्ने नव निर्वाचित अध्यक्ष शर्माले बताएकी छन ।
फोटो सौजन्य :भगवती निरौला
तपाइँको प्रतिक्रिया ।