ओखलढुङ्गाको नर्मदेश्वर–गाम्नाङ्गटार–पोकली–खिजीफलाटे ग्रामिण कृषि सडक उद्घाटन
कपन अनलाइन
ओखलढुंगा ,पौष २६।
रामेछापको साँघुटार–ओखलढुङ्गाको नर्मदेश्वर–गाम्नाङ्गटार–पोकली–खिजीफलाटे ग्रामिण कृषि सडकको उद्घाटन भएको छ । बुधबार लिखुगाउँपालीका वडा नं ६ को मुलपँधेरामा आयोजित एक कार्यक्रमका बिच ओखलढुंगाका संघिय प्रतिनिधीसभाका सांसद यज्ञराज सुनुवार र प्रदेशसभा ख का सांसद मोहनकुमार खड्का ‘हिमशिखर’ले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
बिगत आठ वर्ष देखी निरन्तर सडक निर्माणमा जुटेका लिखुभेगका स्थानीयहरु सडक सञ्जालको उद्घाटन भएसँगै खुशी भएका छन् । सडकको उद्घाटनसगै रामेछाप, सिन्धुली र उदयपुर घुमेर सदरमुकाम जनु पर्ने बाध्यता बाट मुक्तभएका छन् ।
यो सडक निर्माण सम्पन्न भए पछि ओखलढुङ्गाको लिखु गाउँपालीका पनि सदरमुकाम ओखलढुङ्गा संग सिधा जोडीएको छ । लिखु गाउँपालीका वडा नं ६ गाम्नाङ्गटारको कात्तिकेको पहरामा लगातार दुई महिना देखी पहरो फुटाएपछि लिखु गाउँपालीकाको वडा नं. ६, ७, ८ र ९ सदरमुकाम संग सिधा जोडीएको हो ।
कुल बजेट दुई करोड एकानब्बे लाख रुपैयामा १८ किलो मिटर सडक निर्माण भए पछि लिखु गाउँपालीकाका सबै वडाहरु सदरमुकाम संग सिधा जोडीएका हुन् ।