बागमती नदीकाे सहायक मनमत्ता नदी साँखु संरक्षण अभियान शुभारम्भ गरियो

बागमती नदीकाे सहायक मनमत्ता नदी साँखु संरक्षण अभियान शुभारम्भ गरियो

कपन अनलाइन 

काठमाडौं,पौष २६। 

बागमती नदीकाे सहायक नदी साँखु नजिकैकाे मनमत्ता नदीलाइ २०२१ सालकाे नापि नक्शा अनुसारकाे बहाब कायम गर्दै पुरानाे धारमा फर्काउँदै पुर्बाधार निर्माणकाे काम लगायत सफाइकाे कामकाे शुभारंभ अाज बाट गरिएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत बिकास समिति गुह्येश्वरी काठमाडौंका अध्यक्ष  नरेन्द्र राज बस्नेत काे प्रमुख अातिथ्यतामा भएको अभियान सुभारम्भ कार्यक्रमा  शँखरापुर नगरपालिका वडा नं  ७ र९ का वडा अध्यक्ष, वडासदस्यहरु लगायत अन्य सराेकारवालाहरुकाे उपस्थिति रहेको थियो। 

याे अभियान पश्चात बाट बिभिन्न ब्यक्ति वा सँस्थाहरुबाट अतिक्रमण भएको करिब ३००(तिनसय) राेपनि सरकारि /सार्वजनिक र नदिकाे जग्गालाइ अतिक्रमणबाट हटाइए पछि यि जग्गाहरु सँरक्षण हुने अभियन्ता मध्येका एक केशव प्रसाद पुडासैनीले बताए

याे कार्यक्रमकाे सफलताको निमित्त बागमती सफाइ अभियानका प्रमुख अभियन्ता एबम चिनका निमित्त नेपालि राजदुत लिलामणि पौडेलले  शुभकामना पठाएको एक अभियन्ताले कपन अनलाइनलाई जानकारी दिए  

फोटो सौजन्य :केशव प्रसाद पुडासैनी

तपाइँको प्रतिक्रिया ।