कपनबाट एमाओवादीको क्षेत्र नं. ४ चुनावी अभियान शुरु, २६ गते वृहत वाइसियल भेला

कपन अनलाइनएकिकृत माओवादीले चुनावी अभियान संचालन गर्ने क्रममा आज कपनमा प्रत्रकार सम्मेलन गरी काठमाडौं क्षेत्र नं. ४ को चुनावी अभियान सुरु गरेको छ । कपन ३ स्थित मिलनचोक पार्टी भेन्यूमा आयोजित पार्टी सुभेच्छुकसहितका सिमित पत्रकारहरुको भेलामा क्षेत्र नं. ४ को चुनावी अभियान सुरु भएको एमाओवादी केन्द्रिय सदस्य गंगा कार्कीले जनाए ।

 

DSC_0761केन्द्रिय चुनावी अभियान टोलीका सदस्य तथा क्षेत्र नं. ४ संयोजकको रुपमा बोल्दै कार्कीले जुनसुकै हालतमा चुनाव हुनुपर्ने अभियानमा आफू लागेको हुनाले यदि चुनावी नहुने अवस्थामा आन्दोलन गरिने जनाए । १५ दिन विभिन्न कार्यक्रमहरुसहित चल्ने पहिलो चरणको चुनावी अभियानअन्तर्गत साउन २४ गते वृहत वाइसिएल भेला गरिने जानकारी दिँदै संयोजक कार्कीले काठमाडौं जिल्लाका क्षेत्र नं. ४ मा एमाओवादीले चुनाव जित्ने दावी गरे ।

 

माओवादीले चुनाव विथोल्छ कि भन्ने पत्रकारहरुको जवाफ दिँदै उनले जनता एक भएर बिथोल्ने शक्तिको प्रतिकार गर्नेछन् भन्दै विगतको चुनावमा यस क्षेत्रमा भएका कमिकमजोरीको गहिरो अध्ययनपश्चात चुनाव जित्ने तरिकाले अगाडि बढेको जनाए । उनले यही १५ दिनभित्रमा कपनलगायत यस क्षेत्रबाट वृहत पार्टी प्रवेशको कार्यक्रम तय भएको पनि जानकारी दिए । कार्यक्रम क्षेत्र नं. ४ चुनाव अभियानले आयोजना गरेको थियो ।

निर्धारित समयभन्दा ढिलो सुरु भएको कार्यक्रमको मञ्चमा आसिन व्यक्तिहरुमा भर्खर एमालेबाट प्रवेश गरेका गोविन्दकृष्ण अधिकारी तथा ठाकुर खकुरेल प्रमुख थिए भने कपनका पूराना एमाओवादी नेताहरु भनेर चिनिने कोही पनि मञ्चमा थिएनन् । सञ्जय अर्याल, सुवास राई मात्र हैन कपन एमाओवादी अध्यक्ष शिव बजगाई पनि दर्शक दिर्घामा थिए । ठाकुर खकुरेललाई मञ्चमा बोलाइँदा राज्य सम्मेलन आयोजक समिति सदस्य भनेर बोलाइएको थियो ।

IMG_9960यसैबीच कपन अनलाइनसँग कुरा गर्दै कपन एमाओवादी अध्यक्ष शिव बजगाइँले कपनबाट सुरु भएको चुनावी अभियान आउँदो भाद्र १ गते कपनमा नै कार्यक्रम आयोजना गरी समापन गरिने जानकारी दिए । उनले पार्टी अहिले कपनलगायत क्षेत्र नं. ४ मा मजबुत रहेको बताउँदै चाँडै नै हुने वृहत पार्टी प्रवेश कार्यक्रमले झनै यस क्षेत्रमा एमाओवादीलाई सबल र सक्षम बनाउने बताए ।

तपाइँको प्रतिक्रिया ।