कपनका शान “विशाल”

कपन अनलाइन बद्रि भट्टराई

भनिन्छ, खेलाडीहरु राष्ट्रका गहना हुन् । सायद त्यसै भएर होला एउटा खेलाडीको जितमा राष्ट्र खुसी मनाइरहेको हुन्छ भने हार्दा राष्ट्र पनि दुःखी हुन्छ । संसराका धेरै खेलाडीहरुका वीचमा केहि त्यस्ता खेलाडीहरु पनि हुन्छन जसलाई विश्वले चिन्छ तर आफ्नाले चिन्न सकेका हुदैनन् । आज नेपालका विभिन्न दुर्गम भेगका खेलाडीहरु संसारभर परिचित छन् उनिहरुलाई विश्वले चिन्दछ तर राजधानीमा धेरै खेलकर्मीहरु रहेको गाविस भनेर चिनिने र खेलकुद प्रेमीहरुको राम्रै वसोवास भएको गाविस भनेर चिनिने कपन गाविसले भने स्वयम् आफ्नै आँखा अगाडिका प्रतिभालाई भने चिन्न सकेको छैन ।

 
b'sal1कपन गाविस वडा नं ३ मा स्थायी रुपले बसोबास गर्ने विशाल श्रेष्ठ अहिलेका नेपालका चर्चित फुटबलरहरु मध्येका एक हुन । २०५७ सालतिर कपनका खाली जग्गाहरुमा फुटबल खेल्दै हिलाम्मे मैदानमा सबैलाई चकित बनाउँदै आफ्नो खेलतर्फ आकर्षित गराउन सक्ने क्षमता भएका विशाल श्रेष्ठ आफ्नो जिउलाई हावामा उडाउन सक्ने र जस्तोसुकै कडा प्रहारलाई पनि कुशलतापूर्वक रोक्न सक्ने क्षमताका कारण पहिलो पल्टनै १० वर्षको उमेरमा एन्फा एकेडेमीको खेलाडीको रुपमा अघि बढ्ने अवसर प्राप्त गरे । तत्पश्चात उनले पछाडि फर्केर हेर्नु परेको छैन । दक्षिण एसियाली फुटबल क्षेत्रमा विशाल श्रेष्ठलाई नचिन्ने अब कमै होलान् । कारण जब उनि नेपाली टिममा गोलकिपरको रुपमा १२ वर्ष मुनिका राष्ट्रिय खेलाडीहरुको सुचिमा परे तब नेपालले पनि सफलताका पाइलाहरु चाल्न थाल्यो । दक्षिण एसियली फुटबल फेस्टिबल यु १२ यु १४ र यु १६ यु १९ हुदै सँधै उनले नेपाली राष्ट्रिय टिमका लागी उत्कृष्ट प्रदर्शनहरु दिइरहे । आज उनकै समकक्षीहरु दक्षिण एसियाली र एसियाली फुटबल खेलमा छन् तसर्थ उनलाई नचिन्ने कोहि छैन ।

 

b'sal3राष्ट्रियस्तरमा पनि उनको चौतर्फी तारिफ भइरहेको छ र हुनु पनि स्वभाविक नै छ किनकी भर्खरै काठमाडौंमा सम्पन्न गोर्खा कप २०६९ को उत्कृष्ट गोलकिपरको उपाधी सहित नगद रु ५०,०००, व्रिटिशगोर्खा कप २०६८को उत्कृष्ट गोलकिपर उपाधी सहित नगद रु ५०,०००, आहा गोल्ड कप २०६८को उत्कृष्ट गोलकिपर उपाधी सहित १०,००० लगायत थुप्रै पुरस्कारहरु उनले पाइसकेका छन ।

 

कपनको खेतका आली–आलीमा आफ्नो जिउलाई लडाउँदै आज सुविधा सम्पन्न अन्तराष्ट्रिय रंगशालाहरुमा देशको झण्डा बोकेर अघि बढिरहेका विशाल श्रेष्ठ साच्चै कपनका शान हुन् । आफ्नो गाँउ र ठाँउलाई अनि आफ्नो समाजप्रति अत्यन्त आदर गर्ने विशाल फुर्सदका समयमा कपनको ह्याडबल मैदानमा स्थानीय वालबालिकाहरुसंग फुटबल खेलिरहेका हुन्छन् ।

 

b'sal ह्याण्डबल चौरमा हुने विभिन्न प्रतियोगीतामा समेत सहभागि भइरहन्छन । यी प्रतिभामा न कुनै घमण्ड छ न कुनै स्वार्थ नैख । मिलनसार स्वभावका उनि सधै हसिलो मुहरामा देखिन्छन् उनका समकक्षी उनलाई लजाउने खेलाडी पनि भन्छन् । उनको खेल जति आकर्षक छ त्यति नै उनको व्यक्तित्व पनि । ५ फिट ९ इन्च उचाई भएका उनी फिल्मका हिरोहरु भन्दा कम देखिदैनन् । खेलसंगै आफ्नो अध्ययनलाई पनि महत्व दिने विशाल हाल स्नातक तह तेस्रो वर्षमा गोल्डेनगेट कलेजमा अध्ययनरत छन् । भर्खर २३ औ वसन्तमा हिडिरहेका यी खेलाडी पक्का नै राष्ट्रका गौरव हुन् यो गौरवलाई हामीले हाम्रो गाविसको गौरव बनाउन सक्छौ वा सक्दैनौ यो प्रश्न यहाँ छाड्न चाहन्छौ ।

नेपाली फुटबल खेलमा उज्ज्वल भविष्य बोकेका विशाल श्रेष्ठलाई समग्र कपन गाविस, कपनका राजनैतिक दलका नेता तथा कार्यकर्ता र यहाँका संघ संस्थालेहरुले चिन्न सक्नुपर्छ । अनि विकासका नाममा र परिवर्तनका नाममा पक्की बाटो बनाएको र मन्दिर बनाएको मात्र कुराले कपन विकासित हुन सक्दैन । त्यस्तो बाटोमा हिड्ने विशाल श्रेष्ठ जस्ता युवाहरुलाई कहाँ पुगे भनेरसमेत चिन्न सक्नुपर्छ । अन्त्यमा, भविष्यमा विशाल श्रेष्ठ कपन गाविसको मात्र नभई नेपालको मात्र नभई दक्षिण एसियाली र एसियाली स्तरको सर्वोकृष्ट फुटबल खेलाडी बन्न सकुन् सम्पूर्ण कपनवासीहरुको तर्फबाट कपन अनलाइन विशाल श्रेष्ठलाई हार्दिक शुभकामना व्यक्त गर्दछ ।

b'sa5परिचयः

नामः विशाल श्रेष्ठ

जन्मः२०४७–५–२७
जन्म स्थानः कपन-३, बेख,काठमाडौं
आमाको नामः मिश्री श्रेष्ठ
बुबाको नामः हिरालाल श्रेष्ठ
दिदीहरूः पार्वती श्रेष्ठ, विद्या श्रेष्ठ, बिना श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।