पाटन जेसीजद्वारा ‘जेसीज न्यानो अभियान’ सुरु

पाटन जेसीजद्वारा ‘जेसीज न्यानो अभियान’ सुरु

कपन अनलाइन 

काठमाण्डौ, पौष १९।

पाटन जेसीजले नयाँ वर्ष सन् २०१८ को अवसरमा ‘जेसीज न्यानो अभियान’को सुरुवात गरेको छ । ‘मानवसेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसीजको मूल नारा अनुसार खुमलटार स्थित मञ्जुश्री वृद्धा श्रमका वृद्धवृद्धाहरूलाई न्यानो कपडाको वितरण गरिएको उक्त कार्यक्रमका संयोजक तथा पाटन जेसीजका उपाध्यक्ष जेसी रोजिना थापाले बताइन् ।

जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर राजेश न्याछ्यौं, जेसीज क्षेत्र ‘ग’ का राष्ट्रिय निरोपित कार्यकारी उपाध्यक्ष जेसी पद्मविक्रम सिंह, पाटन जेसीजका पूर्वअध्यक्ष जेसी सम्राटमान जोशीको उपस्थितीमा न्यानो कपडा वितरण गरिएको हो । उक्त कार्यक्रममा पाटन जेसीजका वर्ष २०१८ का सम्पूर्ण पदाधिकारी उपस्थित थिए ।

चिसोमा न्यानो कपडा अत्यावश्यक चिज भएकोले अशक्त वृद्ध वृद्धाहरूलाई सहयोग गर्नु नै अभियानको उद्देश्य भएको बताउँदै पाटन जेसीजका अध्यक्ष जेसी सुमन श्रेष्ठले भने, ‘यो अभियानलाई नेपाल जेसीजका देशभरि रहेका चार वटै क्षेत्रमा पुर्याउने छौँ ।’

तपाइँको प्रतिक्रिया ।