भरोसा कपनले स्कूल ब्याग वितरण गर्यो

कपन अनलाइन अशोकराज पाण्डे

कपनमा क्रियाशिल सामाजिक संस्थामध्ये सक्रिय संस्था समाज उत्थानको लागि ‘भरोसा’ ले जनजागृति माध्यामिक विद्यालय कपन ७ जगडोलका विद्यार्थीहरुलाई यहि शुक्रबार स्कूल ब्याग वितरण गरेको छ । साल्ट टेड्रिङ्ग लिमिटेड र समाजसेवी जनार्दन ढुङ्गानाको सहयोगमा भरोसाले कक्षा नर्सरी देखि कक्षा ७ सम्मको करिब ८० विद्यार्थीलाई विद्यालयमा एक कार्यक्रमका बीच ब्याग वितरण गरेको थियो ।

 

ब्याग वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यपक, विद्यालय व्यवस्थापन समितिका सदस्य अच्यूत प्रसाद पौडेल, भरोसाका पदाधिकारी, शिक्षक÷शिक्षिका लगायतको उपस्थिति रहेको भरोसाका कोषाध्यक्ष ईश्वर अधिकारीले कपन अनलाईनलाई बताए । उनले भने–‘‘भरोसाले आगामी दिनहरुमा पनि यस्ता खाले सामाजिक गतिविधि सञ्चालन गर्ने छ ।’’ त्यस्तै कपन अनलाईन सँगै कुरा गर्दै समाजसेवी जनार्दन ढुङ्गानाले भने–‘‘हाम्रो सानो पहल र सहयोगले गरिब विद्यार्थीले पढ्न पाउँछन भने सहयोग किन नगर्ने ?’’

तपाइँको प्रतिक्रिया ।