कमललाई एमेच्योर चेस उपाधि

श्रावण १३ गते, भक्तपर ।

चेस बचत कोष भक्तपुरद्धारा आयोजित प्रथम जिल्लाब्यापी एमेच्योर ब्लिट्ज चेस टुर्नामेन्टमा कमल कुम्पाख प्रथम भए । स्वीसलिग ५ चरणको खेलमा उनले ४ अंक प्राप्त गरेका थिए । त्यस्तै समान साढे तीन अंक भएपनि टाईब्रेकमा निर्मल नापित दोश्रो, न्हुछेराम रंजित तेश्रो, विजय जति चौथौं र दिनेश सुवाल पाँचौं भए ।

पाँच÷पाँच मिनेट समय दिइएको टुर्नामेन्ट पश्चात टपटेनसित आयोजक कोषका संयोजक तथा भेट्रान खेलाडी गणेशमान दुवाल एक्लैले लहरे खेल खेलेका थिए । तीन घण्टासम्म लगातार चलेको खेलमा गणेशमानले ९ जनालाई माथ गरे भने विक्रम चोकामीसित हारे ।

तपाइँको प्रतिक्रिया ।