४९ प्रतिशत व्यक्तिहरुले आफ्नो प्रेमिका संग सवारीसाधन मा सहवास गर्छन् !

श्रावन १२ शनिवार /के तपाइले आफ्नो सवारीसाधन मा बसेर सहवास गर्नु भएको छ ?  जवाफ सरल छ, घोडा बग्गी आजभोली चल्दैन, मोटरसाइकलमा  मिल्दैन,  कहिले काहिँ नाइटबसमा केहि सम्बन्ध बनेको भए त्यो पनि क्षणीक मात्रै होला तर बेलायतका ४९ प्रतिशत व्यक्तिहरुले आफ्नो प्रेमिका संगको समयलाई अझ रंगीन बनाउन जिवनमा कमसेकम एक पटक भने आफ्नो कारमा सहवास गर्ने गरेको बताएका छन् ।

 

यस्तो कार्य बढी भन्दा बढी व्यक्तिहरुले विश्वकै महंगो फोर्डस र भक्सवागन कारमा गर्ने गरेको जनाएका छन् । यस्को अनुसन्धान भने बेलायतको डेलिमेल नामक अ्रग्रेजि दैनिकले गरेको हो । उक्त दैनिकका अनुसार बेलायतका धैरै जना व्यक्तिहरूले कमसे कम आफ्नो जिवन कालमा पाँच पटक गाडीको पछाडी सिटमा आफ्नो यौनसाथी संग सहवास गर्ने गरेको बताएका छन् । अनुसन्धानकौ क्रममा १८ देखि ३४ वर्ष उमेर समुहका युवा भन्दा ३५ देखि ५५ वर्ष का अधवैसे हरुले कारमा सहवास गर्ने गरेको जनाएका छन् । यो अनुसन्धान कार रिम्यानुफेक्चरर गर्ने कम्पनी बीबीए रेमानले गर्न लगाएको हो, यो अनुसन्धानमा २०१८ जना सहभागी भएका थिए ।

 

अनुसन्धानको क्रममा प्रश्न कर्ताले जब मानिसहरूलाई आफ्नो जिन्दगीमा कारमा कति पटक सहवास गर्नुभयो भनि सोध्दा अधिकांश व्यक्तिको जबाफ ५ पटक रहेको थियो, त्यस्तै प्रश्नकर्ताले सहवासको समयमा तपाईलाई मनपर्ने गाडी कुन हो भनि सोध्दा बढी भन्दा बढी व्यक्तिले छोटो कार राम्रो हुने बताए, जसमा फोर्डको फिएस्टा र भक्सवागनको गल्फ कार पहिलो रोजाइमा परेको छ ।

 

 तर नेपालमा यदा कदा यस खालको कार्यहरू सुनिन र कसै कसैले दखेको बताए पनि समाचारकै रूपमा हालसम्म सार्वजनिक भएको छैन । आगामी दिनमा बढ्दो सहरीकरण र पश्चिमा संस्कृतिको सिको गर्ने नेपालीहरूको आनि बानिले मुलुक भित्र यो कार्य नफस्टाउला भन्न सकिन्न ।

 

तपाइँको प्रतिक्रिया ।