इन्धनको मूल्य फेरी बढ्यो

इन्धनको मूल्य फेरी बढ्यो

कपन अनलाइन 

काठमाडौं,पौष १८।

नेपाल आयल निगमको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको छ।

नयाँ मूल्य अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक एक रुपैयाँ मूल्य बढाएको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिक तर्फ प्रतिलिटर ३ रुपैयाँ बढाएको निगमले जनाएको छ ।

पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ पर्ने, डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९ र ७९रुपैयाँ पुगेको छ भने खाना पकाउने ग्यास एक सिलिण्डर किन्दा १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने छ । हवाई इन्धन आन्तरिकमा ३ रुपैयाँ बढेर ९० रुपैयाँ प्रतिलिटर पुगेको छ । नयाँ मूल्य अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनका पनि प्रति ब्यारेल ५० डलर बढाएर ९ सय डलर बनाइएको छ ।

मूल्य समायोजन गरेपछि निगमको मासिक घाटा घटेर २६ करोड ४० लाख रुपैयाँमा झरेको निगमले जनाएको छ निगमलाई अहिले पेट्रोलमा लिटरको २ रुपैयाँ ८३ पैसा नाफा छ । तर, ग्यासमा प्रतिसिलिन्डर २ सय ८ रुपैयाँ अझै घाटा छ भने डिजेलमा पनि निगमलाई २ रुपैयाँ ७१ पैसा नाफा छ ।

 

तपाइँको प्रतिक्रिया ।