भूकम्प पिडित संग पैसा असुल्ने वडा सचिव र प्राविधिकलाई चम्पादेवी गाउँपालिकाले स्पस्टिकरण सोध्यो
कपन अनलाइन
ओखलढुंगा ,पौष १७ ।
ओखलढुंगा जिल्ला चम्पादेवी गाउँपालिकाले भूकम्प पिडित जनताको रकम बाट पैसा लिएर हिनामिना गरेको आरोपमा सो गाउ पालिका वडा नं ६ का तत्कालिन सचिव ढुनडीराज पाण्डे र प्राविधिक सहायक मिन बहादुर कार्की लाई स्पस्टिकरण सोधेको छ।
उनीहरुले सेवा ग्राहिहरु संग रु १ हजारका दरले पैसा लिएको निवेदन गाउँ पालिकामा परेपछि सत्य तथ्य बुझेर कारवाही अगाडी बढाउन निर्देशन दिएको न्यायिक समितिका तर्फ बाट अजय लुइटेलले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
तपाइँको प्रतिक्रिया ।