स्पेनमा भएको भीषण रेल दुर्घटनामा ६०को मृत्यु

उत्तरपश्चिम स्पेन मा  एक भीषण रेल दुर्घटना भएको छ।   उत्त दुर्घटनामा ६० जना ले ज्यान गुमाएको र १०० भन्दा धेरै  यात्री घाइते भएका छन् यो  दुर्घटना बुधवार रेल लिगबाट बाटोमा उत्रिए पछि भएको हो।spain_1_650_072513091805

दुर्घटना स्थानीय समयानुसार राति ८ बजेर ४२  मिनट मा भएको पश्चिमा संचारमाध्यम हरुले जनाएका छन् रेलमा २१८  यात्री र चार कर्मचारी सबार थिए घटना त्यति बेला भयो जब  पश्चिमोत्तर गैलिसिया क्षेत्र स्थित सेंटियागो डि कंपोस्टेला स्टेशन मा रेल प्रवेश गर्न लागेको थियो  केंद्र सरकार  प्रतिनिधि प्रवक्ता भन्छन् कि यो  अस्थायी आँकडा मात्र हो ।

उनले संचारमाध्यम लाइ भने यो  अस्थायी आँकडा मात्र हो, तर ६० जना यात्री हरुको मृत्यु भइसकेको छ र  १११ जना यात्रीहरूको पैचान गरिसकेको र  अब  १५ देखि २० अरू  यात्रीहरूको  पहिचान हुन् बाकी छ ।

यो  दुर्घटना सेंटियागो डि कंपोस्टेला को मुख्य रेलवे स्टेशन बाट करिब चार किलोमिटर टाढा उच्चगति मा चल्ने  रेलवले ट्रैकमा  भएको थियो। सेंटियागो डि कंपोस्टेला प्रसिद्ध अल केमिनो डि सेंटियागो तीर्थस्थल को नामले  प्रसिद्ध छ। प्रधानमन्त्री  मेरियानो राजॉयले  ट्वीट संदेश मा , ‘सेंटियागो मा भएको  भीषण रेल  दुर्घटना का पीडितहरू  प्रति म आफ्नू प्रेम र एकजुटताको आवाहन गर्छु भनेका छन् ‘ राजॉय सेंटियागो डि कंपोस्टेलाका  स्थानीय वासिन्दा हुन् । प्रधानमन्त्री बिहीवार  दुर्घटनास्थल को भ्रमण गर्दै हुनुहुन्छ ।

स्रोत: एएफपी

तपाइँको प्रतिक्रिया ।