कपन मुस्कान चोक नजिकै मोटरसाईकल दुर्घटना १९ वर्षीय चालकको घटनास्थलमै मृत्यु

११ साउन/कपन, काठमाडौं आज दिउँसो करिब १२ बजे तेन्जिङ्ग चोकबाट दुर्गा मन्दिर तर्फ जाँदै गरेको बा.५४.प. ५५४४ नम्बरको रातो पल्सर मुस्कान चोक नजिकै दुर्घटना हुँदा सिन्धुपाल्चोक जिल्ला लाग्राचे गाविस स्थायी घर भई हाल कपन १ निवासी वर्ष १९ का रमेश खड्काको घटनाIMG_1259स्थलमै मृत्यु भएको छ।

प्रहरीले मोटरसाइकल र मोटरसाइकल पछाडी बसी यात्रा गर्ने इलाम जिल्ला घर भई कपन–१ बस्ने १७ बर्षीय निरजंग भुपियालाई नियन्त्रणमा लिएको छ । मृतक आफैंले चलाएको मोटरसाईकल तिब्र गतिका कारण अनियन्त्रित भई नजिककै बिजुलीको पोलमा ठोक्किदा उक्त घटना भएको प्रत्यक्षदर्शीहरुले कपन अनलाईनलाई बताए ।

यसैबीच मृतकको लाशलाई पोष्टमार्टमका लागि लगिसकिएको छ भने प्रहरीले घटनाको आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी प्राप्त भएको छ ।

तपाइँको प्रतिक्रिया ।