गतिशिल बहुउद्देश्यीय समाज पैरवीको माध्यमबाट क्रियाकलाप गर्दै

गतिशिल बहुउद्देश्यीय समाज पैरवीको माध्यमबाट क्रियाकलाप गर्दै

कपन अनलाइन 

एकेन्द्र महता, १४ पौस ।  अछाम गतिशिल बहुउद्देश्यीय समाज नेपाल पैरवीको माध्यमबाट जिल्लामा महत्वपुर्ण क्रियाकलाप गर्दै आएको एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले बताएका छन् ।

गतिशिल बहुउद्देश्यीय समाज नेपालको मानव अधिकार तथा न्याय सुनिश्चितता को माध्यमबाट कानुनी क्षेत्रमा जागरुकता ल्याएको उनिहरुले बताएका हुन् । सन् २०१६ र २०१७ मा संचालित मानव अधिकार तथा न्याय सुनिश्चितताका लागी पैरवी कार्यक्रमको शुक्रबार समिक्षा गरिएको थियो ।

पैरवी कार्यक्रले जिल्लामा मानव अधिकार तथा न्याय सुनिश्चितताका लागी विभिन्न समयमा संवाद, अन्तरक्रिया बहसमुलक कार्यक्रमको माध्यमबाट काम गर्दै आएको थियो । सन् २०१६ र २०१७ मा सुशासन ऐन तथा नियमावलिमा भएको व्यवस्था र अछाम जिल्लाको अवस्था बिषयक अन्तरक्रिया, मानब अधिकार हनन् तथा उल्लघन सम्बन्ध मा तालिमको माध्यमबाट पनि पैरवी गर्दै आईरहेको छ ।

अछाम जिल्लामा द्धन्द पिडितको अवस्था, उनिहरुले राहत पाए नपाएको, पिडितको अवस्था लगायतका बारेमा विभिन्न समयमा कार्यक्रम गरिएको संस्थाका कार्यकारी निर्देशक खडक खड्काले बताए । त्यस्तै कार्यक्रमले २ बर्षको अवधिमा २१ जना अति विपन्न असाहय, गरिब, विपन्न व्यक्तिहरुलाई कानूनी सहायता र आर्थिक सहयोग गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।