यज्ञमति मा.वि.ले २४ औँ अभिभावक दिवस मनायो

कपन अनलाइन अशोकराज पाण्डे

कपन ८ स्थित यज्ञमति माध्यामिक विद्यालयले साउन ४ गते २४ औं अभिभावक दिवस तथा सामाजिक परीक्षण सम्पन्न गरेको छ । कपन गाविस सचिव लोमस आचार्यको प्रमुख आतिथ्यतामा आयोजित बृहत्त कार्यक्रममा पूर्व गाविस अध्यक्ष आत्माराम पौडेल, एनेकपा माओवादी कपन अध्यक्ष शिव बजगाई, नेकपा एमाले कपन उपाध्यक्ष नवराज भट्टराई, नेपाली काँग्रेशका कपन सचिव सन्तोष भण्डारी, नेकपा–माओवादी सेक्रेटरी अशोकराज पाण्डेलगायत कपनमा क्रियाशिल सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कपनमा रहेका सामुदायिक विद्यालयहरुमध्ये यस वर्ष प्रवेशिका परीक्षामा सर्वकृष्ट नतिजा(९९ प्रतिशत) ल्याउन सफल यो विद्यालय काठमाडौं जिल्लाकै सर्वकृष्ट सामुदायिक विद्यालय हुन सफल भएको जानकारी विद्यालयका प्रधानाध्यापक मुकुन्द बुढाथोकीले कार्यक्रममा बताए । विद्यालय व्यवस्थापन समितको अध्यक्ष रविप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र बुढाथोकीले सामाजिक परीक्षण प्रतिवेदन पेश गरेका थिए ।
विद्यालयको व्यवस्थापन समितिका तर्फबाट बोल्दै व्यवस्थापन सदस्य अच्यूतप्रसाद पौडेलले चाँडै नै विद्यालयले ंबिभिन्न महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्ने र दु्ई वर्षभित्र विद्यार्थी संख्या बढाई निजी विद्यालय भन्दा उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता जनाएका थिए  । कार्यक्रममै आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि कपन गाविस सचिव लोमस आचार्यले विद्यालयलाई आगामी दिनहरुमा पनि गाविसका तर्फबाट सक्दो सहयोग पु¥याउने बताए । त्यस्तै कार्यक्रममा शुभकामना राख्ने, पूर्व गाविस अध्यक्ष, स्रोत व्यक्ति, विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरु लगायतकाले पनि विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा २०६९ सालमा विद्यालयबाट प्रवेशिका परीक्षा उत्तिर्ण हुने विद्यार्थी र उत्कृष्ट अध्यापन गराउनुहुने शिक्षक÷शिक्षिकाहरुलाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो भने कार्यक्रम अवधिभर विद्यालयका विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रमले मनोरञ्जन प्रदान गरेका थिए ।
यसैबीच, भोजपुर निवासी हरिकुमार कटुवाले आफ्नी हजुरआमा योगमाया कटुवालको नाममा प्रत्येक वर्ष विद्यालयबाट प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अंक ल्याई प्रथम हुने एकजनालाई पुरस्कार प्रदान गर्न रु.५०,०००÷– को अक्षय कोष स्थापनाको घोषणा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।