१ घण्टाको वर्षाले खोलो पुरेर ढल बनाइएको क्षेत्रमा तनाव, सडकहरु क्षतिग्रस्त

कपन अनलाइनहिजो अपरान्ह परेको १ घण्टा लामो पानीले कपनका केही क्षेत्र जलमग्न भएको छ । विशेषगरेर गाविसको वडा नं. १ मा यसले नराम्रो असर पारेको छ । १ नं. वडाको जोरधारा क्षेत्रमा हरेकवर्षजस्तो यसपाला पनि जलमग्न भई पिचबाटोबाट खोलो हिँड्दा धेरै घरहरुमा पानी पसेको थियो । लामो समय पिचबाट पानी बग्दा कतिपयस्थानको पिच पनि बिग्रएको छ । यो ठाउँ कपन १ को आदर्शनगर समाज सुधार समितिको क्षेत्र अन्तर्गत पर्दछ ।

 

 

DSC_0635त्यसैगरी  पुरानो लिटिलमुन स्कूल अगाडि चखुन्चा खोलामा बनाइएको ढल फुटेर करिब डेढ मिटर लामो खाल्डो परी आवतजावतमा नै असर पर्ने गरी सडक विग्रिएको छ । तत्काल निर्माण हुने नसके यो खाल्डोले ठूलो असर पार्ने देखिन्छ । कपनको पूरानो तथा मूलबाटो भनेर चिनिने यो सडक कुनै पनि टोल सुधार समितिको क्षेत्र अन्तर्गत नपर्ने भएकाले निर्माणको जिम्मा कसले लिने भन्ने देखिन्छ । यता वडा नं. ८ पैयुटार फाँटमा आएको बाढीले कपन बगलामुखी यातायातको एउट बसलाई सडकबाट तल पुर्याएको छ । बस सामान्य क्षति पनि भएको छ ।

तपाइँको प्रतिक्रिया ।