कपन दलित उत्थान समितिको उपहार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
कपन अनलाइनकपन दलित उत्थान समितिले एक विशेष कार्यक्रम आयोजना गरी कपनमा बसोबास गर्ने नेपाली राष्ट्रिय टिमका अतिरिक्त गोलरक्षक विशाल श्रेष्ठलाई सम्मान गरेको छ । आज अयोजित उपहार वितरण तथा सम्मान कार्यक्रम नामको कार्यक्रममा उनलाई सम्मान गरिएको हो । कपन ३ बेख स्थायी घर भएको विशाल मनाङ मस्र्याङ्दी टिमका नियमित गोलरक्षक पनि हुन् । यी प्रतिभावन खेलाडिलाई पहिलो पटक सार्वजनिक रुपमा कपनमा चिनाउने तथा सम्मान गर्ने कार्यक्रम कपन दलित उत्थान समितिले गरेको हो ।
नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कपन क्षेत्रमा बसोबास गर्ने दलित समुदायका बालबालिकालाई अमेरिकाबाट ल्याइएको उपहार बाँडिएको थियो । ४ देखि १२ वर्ष उमेर समूहका १७० बालबालिकालाई उपहार वितरण गरिएको थियो । कपन भेकका राजनीतिक तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थितिमा आयोजित कार्यक्रममा दलित क्षेत्रका धेरै अगुवा अनुहार अतिथिको रुपमा सहभागि थिए ।
कार्यक्रमलाई सम्बोधन गर्ने प्रमुख अतिथि मीन विश्वकर्माले दलितहरु यहि समाजको अभिन्न अंग भएकोले यिनीहरुलाई सामाजिक विभेद गर्न नहुने बताए । उनले भेदभावले सामाजिक विकासमा असर पर्ने बताए । कार्यक्रममा कपनका राजनीतिक दलका प्रतिनिधिहरु शिव बजगाईं, विनोद चालिसे, ध्रुवराज न्यौपाने, टीका नगरकोटीलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । १७० जना बालबालिकालाई उपहारको व्यवस्था गर्ने सागर बैजुले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
कार्यक्रमले पाँचबुँदे प्रतिबद्धता जारी गर्दै हस्ताक्षर संकलन गरिएको थियो । कपनमा दलित क्षेत्रका समूदायभित्र