कालिमाटी टंकेश्वरको बाटो निरीक्षण गर्दै सांसद जीवनराम श्रेष्ठ

कालिमाटी टंकेश्वरको बाटो निरीक्षण गर्दै सांसद जीवनराम श्रेष्ठ

कपन अनलाइन 

काठमाडौ,पौष ११।

काठमाडौं क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठले आफ्नो कार्यकालको सुरुवाती चरणमै विकास निर्माण र अन्य जनसरोकारका काममा निकै सक्रियता देखाएका छन ।

उनले पौष ११ गते कालिमाटी टंकेश्वरको बाटोमा ढल र कालोपत्र व्यवस्था गर्न सडक विभागको इन्जिनियर,पूर्व वडाअध्यक्ष रामशरण डंगोल र वडा सदस्य रामबाबु कोइराला सहित स्थानीय जनसमुदायको उपस्थितिमा लागत इष्टिमेट गर्न सडक निरीक्षण गरेका छन ।

काठमाडौं क्षेत्र नं ८ मा श्रेष्ठले सामाजिक ,भौतिक र सांस्कृतिक पक्षको विकासमा विशेष जोड दिने आफ्नो चुनावी अभियानमा बताएका थिए।

फोटो सौजन्य :निरज श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।