कपन खुला दिशामुक्त क्षेत्र घोषित

कपन अनDSC_0359लाइनकपन गाउँ विकास समितिलाई आज एक कार्यक्रमका बीच खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । सन् २०१५ भित्र सिंगो नेपाललाई खुला दिशामुक्त  घोषणा गर्ने योजनाअन्तर्गत काठमाडौँ जिल्लाको  कपन गाविसलाई आज एक भव्य कार्यक्रमबीच खुला दिशा मुक्त घोषणा गरिएको हो ।  काठमाडौँ जिल्लामा कपन समेत ७ गाविसमात्र   खुला दिशा मुक्त गाविस घोषणा भएका छन् । स्थानिय विकास अधिकारी प्रेमराज जोशीले आज कपन  गाविसको ह्याण्डबल चौरमा आयोजित बिशेष कार्यक्रममा खुला दिशा मुक्त गाविस घोषणा गरेका हुन्। कपन गाविसले शौचालय नभएका सबै घरमा शौचालय पुर्याउनुका साथ सार्वजनिक शौचालय बनाउन शुरू गरपछि आज यहाँ बिशेष कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा आएका जोशीले कपन गाविस नगरपालिका बन्नका लागि उपयुक्त भैसकेको गाविस भएको चर्चा गर्दै कपनलाई अझै बिकास गर्न यहाँका बासिन्दा अग्रसर हुनुपर्ने औल्याए । कार्यक्रममा उनले सरकारले देशका ७५ वटै जिल्लाका सबै घरपरिवारमा शौचालयको पहुँच पुर्याएर आगामी दुईवर्ष भित्र खुला दिशामुक्त बनाउने अभियानलाई सफल पार्न काठमाडौँ जिल्लाले सहयोग पुर्याएको पनि बताए ।
DSC_0659राजनितिक दलहरूका केन्द्रियसदस्यहरुदेखि स्थानीय प्रतिनिधिसमेतको उपस्थितिमा आयोजित कार्यक्रममा स्थानीय बिद्यालयहरू पनि कार्यक्रममा सहभागी भएका थिए । विद्यालयहरूले विभिन्न नृत्य प्रस्तुत गरेका थिए भने कपन संगीत सरोवरले राष्ट्रिय र कपन गान प्रस्तुत गरेको थियो ।  स्थानीय संघसंस्थाका प्रतिनिधिसहित करिव ३०० को सहभागितामा कार्यक्रम भएको थियो । आइतवारको दिन कार्यालय समयमा कार्यक्रम गरिएकाले घोषणा सभाको उपस्थितिमा कमजोर देखिए पनि कार्यक्रमको प्रभावकारिता भने देखिएको थियो । कार्यक्रममा स्थानीय लोकबाजा पनि बजाइएको थियो ।
कपन गाविस अन्तर्गत बनेको वातावरण तथा फोहरमैला  व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा एमाओवादीका केन्द्रिय सदस्य श्रीकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठ, एमालेका जिल्ला संगठन कमिटि अध्यक्ष निर्मल कुइँकेल, माओवादीका केन्द्रिय सदस्य माइला लामा आदि वक्ताहरूले वातावरण तथा समसामयिक विषयमा बोलेका थिए।
DSC_0326कपन स्थानीय निकायमा काम गर्ने राजनीतिक दलका प्रमुखहरूले खुला दिशामुक्त कपनको घोषणापत्रलाई वाचन गरेर हस्ताक्षर गरेपछि स्थानीय जिल्ला अधिकारीले  खुला दिशामुक्त कपनको शिलालेख अनावरण गरेका थिए ।
गाविस सचिव लोमस आचार्यले सरकारको अभियानलाई पुरा गर्न अगाडि बढेको जिविसलाई स्थानिय निकाय, राजनीतिक दलका प्रतिनिधी र स्थानिय बासिन्दाले ठूलो सहयोग पुर्याएको बताउदै यस्तै सहयोग प्राप्त हुदै गए कपन धेरै कुरामा अगाडि जान सक्ने बताए ।
कार्यक्रमको अन्त्यमा कपनमा लागु भएको एक घर एक चेरी कार्यक्रमको तर्फबाट प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरूलाई मायाको चिनो स्वरुप एक एकवटा चेरीको बिरूवा उपहार बाँडिएको थियो ।
तपाइँको प्रतिक्रिया ।