बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव जेल चलान

बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव जेल चलान

कपन अनलाइन 

बिहार ,पौष ८।

भारतको सीबीआइको विशेष अदालतले बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई दोषी ठहर गरेको छ । सन् १९९१ देखि ९४ सालसम्म देवघर राजकोषबाट ८५ लाख भारतीय रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा उनलाई दोषी ठहर गरेको हो ।

लालुप्रसादलाई अदालत परिसरमै प्रहरीले गिरफ्तार गरेको छ । लालुप्रसाद सहित अन्य १५ दोषीलाई अदालतले ३ जनवारीमा सजाय सुनाउने छ ।

अदालतमा मुद्दा परेपछि लालुप्रसादले बिहारको मुख्यमन्त्री र वित्त मन्त्री हुँदाका आफ्ना सबै फाइल कब्जा गरेका थिए । उनीमाथि नक्कली औषधी र पशुको चारोमा ९ सय करोड भ्रष्टाचारको आरोप छ । सीबीआईले यस मुद्दालाई सन् १९९६ मा सुरु गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।