अतरखेल-माकलवारी जानेवाटोमा खानेपानीको पाइप फुटेर समस्या भयो (पाठक चौतारी )

अतरखेल-माकलवारी जानेवाटोमा खानेपानीको पाइप फुटेर समस्या भयो (पाठक चौतारी )

कपन अनलाइन 

काठमाडौ,पौष ९

म पेशाले शिक्षक अनि सामाजिक अभियानमा सानै देखि संलग्न हुने असाध्यै रहर संधै लाग्थ्यो । कक्षा ५ मा पढ्दा देखिनै अध्ययन गरेको विद्यालयको जुनियर रेडक्रस सर्कलको इकाईमा रहेर सामाजिक अभियनमा लागेको यो मन केहि न केहि सामाजिक अभियानमा संलग्न भईरहन्थे । म हाल वसोवास गरेको ठाउँ अतरखेल, जोरपाटीको घरमा एक दिन एकजना स्विडेनको मित्र आउनुभयो र भन्नुभयो तिमीहरुको नेपाल कति सुन्दर तर तिमीहरु आफु वसेको ठाउँ सफा राख्न सक्दैनौ ।

अनि म त्यो रात निदाउन सकिन र एउटा निर्णय गरे मेरो तर्फवाट केहि त गर्छु अनि त्यहि सिलसिलामा स्थानिय प्रवुद्ध व्यक्तिहरुलाई केहि त गरु भनेर भनियो धेरै चरणको प्रयास पछि तात्कलिन श्रमज्योती स्कूल – हालः नेपालय स्कूलका अध्यक्ष वल वहादुर तामाङ ज्यूको अत्यन्त सकारात्मक सहयोग अनि अत्तरखेलका सक्रिय समाजसेवीहरु सान्नानी लामा तथा सुष्मा चेम्जोङ अनि भेनस पव्लिक स्कूलको उत्साहाप्रद सहभागिता तथा ईष्टपोल स्काउट को सक्रियताका कारण ले हामीले जोरपाटी गा.वि.स .तथा नेपाल प्रहरी समेत संलग्न गराई हाम्रो अत्तरखेल राम्रो अत्तरखेल अभियान सुरु गर्यौं ।

प्रत्येक विहिवार विहानको मिटिङले शनिवारको कार्यक्रम तय गरिन्थ्यो । हाम्रो टोलीले घरधनीहरुलाई आफ्नो वरीपरी आफै सफा गर्न दवाव दिन्थ्यो सायद त्यहि कुरा मन नपरेर होला कार्यक्रम संयोजक म आफु भएको नाताले होला प्रत्येक विहिवारको रात दुई धोक्रा फोहोर मेरो गेटमा ल्याएर फ्याकिने गर्दथ्यो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको लापर्वाहीको कारणवाट गोर्केणश्वर नगरपालिका वडा नं ८ स्थित नेपाल मेडिकल कलेज, अतरखेल वाट माकलवारी जानेवाटोमा खानेपानीको पाइप फुटेर संधै वर्षामा जस्तो हिलाम्य भईरहेको छ एक त वाटो राम्रो छैन अर्को संधै हिलाम्य भएको कारणवाट दिनहु हिडने सयौं विरामी र स्थानीय वासिन्दाहरुले सास्ती भोगिरहेका छन ।

ग्राहकले समयमा महशुल नवुझाउदा जरिवाना तोक्ने केयुकेएल उनीहरुको लार्पावाहीको कारणवाट भएको क्षती दिनुपर्छ कि पर्दैन ? सम्वन्धित निकायको ध्यान कहिले जाला ?

पठाउने :

प्रकास अधिकरी

अतरखेल

तपाइँको प्रतिक्रिया ।