सविन पन्तले बनाउन लागेको अन्तर्घात टेलिफिल्मको शुभमुहुर्त गरियो

कपन अनलाइनसविन पन्त पृथकको लेखन तथा निर्देशनमा बन्न लागेको अन्तर्घात टेलिफिल्मको सुटिङ सुरु भएको छ । ओम साई मल्टिमिडिया क्रियशन प्रा.लि.का लागि संगीता पन्तले निर्माण गर्न लागेको सामाजिक टेलिफिल्म अन्तर्घातको आज एक कार्यक्रमसहित भद्रकाली मन्दिरमा शुभ मुहुर्त  सम्पन्न गरियो । सामाजिक तथा पारिवारिक विषयवस्तुमा आधारित यो टेलिश्रृंखला पूराना तथा नयाँ कलाकारले अभिनय गर्नेछन् । यस टेलिफिल्मको सुटिङ कपन तथा यस आसपासका क्षेत्र भएकाले यस क्षेत्रका कलाकारलाई अभिनयमा समावेश गरिने निर्देशक सविन पन्तले कपन अनलाइनलाई बताए ।

1000128_10153001754455261_1259360746_n

 

केही नेपाली चलचित्र निर्माण तथा निर्देश गरिसकेको नरेश पौडेलले यस टेलिश्रृंखलामा महत्वपूर्ण अभिनय गर्नेछन् भने अन्य कलाकारहरुमा निरज पन्त, सुनिता ठाकुर, राजेन्द्र सेढाइँ, समृद्धि पन्त, विरेन्द्र भण्डारी, तिर्थ श्रेष्ठ, सुनिता राउत, सुरेन इलामेली, सुसन थापा, जिना थुलुङलगायत रहेका छन् । अन्य कलाकार सुटिङका क्रममा छनौट गरिने निर्देशक पन्तले बताए । कपनका कलाकारलाई राम्रो र महत्वपूर्ण भूमिकामा अभिनय गराउन चाहेकोले उनले कपनमा कलाकारितामा प्रव्रेश गर्न चाहनेहरुलाई अझै सम्पर्क गर्न आग्रह गरे ।

कपनको सामाजिक जीवनमा चिनिएका अनुहार सविन पन्त तथा उनकी श्रीमती संगीता पन्तले शुभमुर्हूत कार्यक्रममा टेलिफिल्मबाट सामाजिक क्षेत्रमा सकारात्मक सन्देश दिन  खोजिएको बताएका छन् । आफूले निर्माण गरेका टेलिफिल्मले हाम्रो समाजमा रहेको बेथितिलाई उजागर गरी राम्रो पक्ष पहिल्याउन सन्देशको काम गर्ने उनीहरुले बताए । यस टेलिफिल्ममा पारिवारिक, साथीभाइजस्ता नजिकका साइनोमा हुने अन्तर्घातहरुलाई विषयबस्तु बनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।