असार ३० को खुल्ला दिशामुक्त कार्यक्रम प्रभावकारी बनाउन उच्च तयारी

असार ३० को खुल्ला दिशामुक्त कार्यक्रम प्रभावकारी बनाउन उच्च तयारी

DSC_0540 कपन अनलाइनकपन गाविसले आसार ३० गते घोषणा गर्न लागेको खुल्ला दिशामूक्त कपन कार्यक्रमको तयारी उच्चस्तरमा भैरहेको आयोजकले जनाएको छ । कार्यक्रमको तयारीको बारेमा जानकारी दिन आज बसको सर्वपक्षीय भेलामा सो कुराको जानकारी दिइएको हो । कपन २ स्थित इलेवन डाइमण्ड रेस्टुराँमा आयोजना गरेका भेलामा कपन गाविसअन्र्तगतको वातावरण तथा फोहरमैला समितिले तयारीको जानकारी गराउँदै सुझाव संकलन गरेको थियो ।   DSC_0583कपन गाविसको इतिहासमा पहिलोपटक वातावरण तथा फोहरमैला शीर्षकमा यो वर्ष धेरै प्रभावकारी कार्यक्रमहरु आयोजना हुने क्रममा खुल्ला दिशामूक्त कपन घोषण हुन लागेको हो । लामो तयारीपश्चात असार ३० गते विशेष कार्यक्रम गरेर घोषण गरिन लागेको कार्यक्रमको तयारीका बारेमा उपस्थित सबैले प्रशंसा गर्दै सुझावहरु दिएका थिए । भेलामा कपनमा क्रियाशिल राजनीतिक दलहरुका प्रतिनिधि, अनुगमन समितिका सदस्यहरु, सहजकर्ताहरुलगायत अन्य संघसंस्थाका प्रतिनिधि उपस्थित थिए । खुल्ला दिशामूक्त कपनको घोषणाको तयारीका बारेमा गाविस सचिव लोमस आचार्य र वातावरण तथा फोहरमैला समितिका तर्फबाट अशोक पाण्डे, विद्या सुवेदी र डेण्डी शेर्पाले जानकारी गराएका थिए ।   आउँदो असार ३० गते आयोजना गरिने विशेष कार्यक्रममा वातावरण क्षेत्रमा विशिष्ट योगदान पुर्याएका बिभिन्न व्यक्तिहरुको साथमा राजनीतिक दलहरुका युवा एवम् प्रभावकारी नेताहरुलाई बोलाइने तयारी भैरहेको जानकारी पनि दिइएको थियो  । कार्यक्रममा वातावरण विशेष सांगीतिक कार्यक्रम साथै राष्ट्रियस्तरका कलाकारहरुको सहभागि हुने जानकारीसमेत आयोजकले दिएका थिए  ।

तपाइँको प्रतिक्रिया ।