नेपाली काँग्रेस साना कुरामा मात्र चुकेको हो : नतिजाले निरुत्साहित हुनुपर्ने छैन

नेपाली काँग्रेस साना कुरामा मात्र चुकेको हो : नतिजाले निरुत्साहित हुनुपर्ने छैन

कपन अनलाइन 

काठमाडौ,पौष २ /विचार /बद्री भट्टराई

संघिय संरचनाको (संघ र प्रदेश) पहिलो महत्वपूर्ण निर्वाचनमा नेपाली काँग्रेस दोस्रो पार्टी बन्ने तय भएको छ । प्रत्यक्ष तर्फएको २३ सिट र समानुपातिक तर्फबाट ४१ सिट सहित प्रतिनिधीसभामा काँग्रेसको ६३ सिट हुने करिब तय भएको छ ।

२०७० मा भएको संविधान सभा निर्वाचन र पछिल्ला ४ वर्षमा भएका घटना तथा एजेण्डाका आधारमा नेकपा एमाले सहित बामगठबन्धनले आफुलाई निर्वाचनमा सहभागी गराएको थियो । नेपाली काँग्रेसले आधुनिक नेपाल निर्माणको सुरुवात २००७ साल देखिएको परिर्वतित अवस्था र त्यसमा काँग्रेसको योगदानको विषयलाई प्रमुखताका साथ अगाडी बढाएको थियो । जनतालाई आजको भोली परिर्वतन चाहिएको छ ।

समाजिक सञ्जाल र सञ्चार जगतले हामीलाई यति धेरै सपनाहरु देखाइदियो कि हामीले हाम्रो धरातल र अवस्थालाई अध्ययन गर्न चाहेनौ या गरेनौ । नेपाली काँग्रेस सविधान कार्यान्वयन पश्चातको समृद्धिका नेतृत्व काँग्रेसले पाउनुपर्ने भन्दै जनताका माझमा पुग्यो ।

वाम गठबन्धन विशेषतःनेकपा एमाले राष्ट्रियताको पक्षमा वकालत गर्दै समृद्धिको यात्राको लागि एमालेले पाउनुपर्ने भन्दै मत माग्न हिड्यो । माओवादी केन्द्र मध्य विन्दुमा रहेर अवसरलाई हात पार्दै हामी सबै एक हुनुपर्ने विशेषत,कम्युनिष्ट सरकारका लागि भन्दै मत माग्ने एजेण्डा लियर जनतामा माझ पुगेको थियो ।

बाम एकताका नाममा जनताले राजनैतिक स्थिरता खोजेको मतपरिणामले स्पष्ट देखाएको छ । समृद्धिको यात्राका पक्षमा जनताले सोच्न सम्म भ्याएका छैनन, पढ्ने हेर्ने र बुझ्ने कुरालाई पर राखौ । नेपाली जनता पहिला राजनैतिक स्थिरता खोजिरहेका छन ।

तर्सथ यो मतपरिणाम बाट जनता के चाहान्छन स्पष्ट भएको छ । मंसीर १० र २१ गते भएको निर्वाचनमा काँग्रेसका अब्बल उम्मेदावरहरु पराजित भएका छन । शिर्ष नेताहरु पराजित भएका छन , आफ्नो पकड क्षेत्र भनिएको ठाँउमा पनि काँग्रेस पराजित भएको छ । तर सोहि स्थानमा भएको समानुपातिक तर्फ भने काँग्रेस उत्साहजनक रुपमा सफल भएको देखिएको छ । पार्टीको मत प्रत्यक्ष निर्वाचित उम्मेदावर भन्दा समानुपातिक तर्फको मतआधारलाई मान्ने प्रचलन रहदै आएको नेपाली राजनीतिमा काँग्रेस पछाडि परेको देखिदैन ।

राष्ट्रवादका नाराका अगाडी सबै नारा, कार्यक्रम तथा योजनाहरु कमजोर भएको यर्थाथ नेपालमा मात्र हैन छिमेकी राष्ट्र देखी युरोप , अमेरिका जस्ता राष्ट्रहरुमा समेत देखिदै आएको विषय हो । यो अवस्थामा नेपाली काँग्रेसको मत देशको पहिलो पार्टी हुदै गरेको नेकपा एमाले संग एकाध हजारको पछाडी रहेको छ ।

सत्ता पक्ष र प्रतिपक्षको महत्वपूर्ण जस हासील गरेको पार्टी संगको निर्वाचन र दोस्रो अनि तेस्रो पार्टी विचको एकताका नारामा भएको गठबन्धन संगको प्रतिस्पर्धामा नेपाली काँग्रेसले पाएको मतलाई हेर्ने हो भने ५५–४५ प्रतिशतका आधारामा नतिजा देखिएको छ । हिजो भन्ने गरिएको ६५ प्रतिशत बाम मत ५५ मा आएको छ ।

जहाँ काग्रेस एक्लै ४५ प्रतिशतमा आफुलाई राख्न सफल भएको छ । ५ प्रतिशत काँग्रेसको कमजोरी कहा रह्यो समिक्षा  यहाँ गर्नु जायज छ ।

१. स्थानीय निकाएको निर्वाचनमा देखिएको अन्तरघातको घाउ दोहोरिएको छ ।

२. काँग्रेसको देश जोड्ने अभियानको प्रचारप्रचारमा कुनै महत्वपूर्ण मनछुने प्रचारशैली प्रयोग हुन सकेन ।

३. काँग्रेसले आफ्नो कुनैपनि भातृ तथा शुभेच्छुक संघसंस्थाहरुलाई चलायमान बनाउन सकेन । ४. निर्वाचनका क्रममा भएका केहि महत्वपूर्ण मुद्धा तथा विषयहरुमा पार्टी एक हुन सकेन । पार्टीका जिम्मेवार नेताहरु पार्टी सिद्धान्त भन्दा व्यक्तिगत रुपमा चर्चामा आउने प्रयत्न गर्दा समस्या उत्पन्न भयो ।

५. काँग्रेसमा पुरानै निर्वाचन सञ्चालन प्रक्रिया, प्रचारशैली र फुर्सदिलो कार्यले नयाँ पुस्तालाई छुन सकेन ।

६. काँग्रेसले आफ्नो मुख्य भोट बैंक मध्यम वर्गीय तहलाई समेत चित्त बुझाउन सकेन ।

७. काँग्रेसको घोषणापत्र, एजेण्डा र काँग्रेसको पहलमा भएका कार्यहरुलाई जनताका माझमा भन्न सक्ने कुनै सहज प्रचारशैलीको प्रयोग गर्न सकेन ।

८. पार्टीका नेताहरु केन्द्रीय मुद्धामा बढि सक्रिय रहँदा ,स्थानीय जनताहरुको साधारण इच्छा र चाहानहरुमा अभिभावक बन्न सकेनन ।

९. काँग्रेसले न आफ्नो रुप देखाउन सक्यो न अरुको रुप चिनाउन सक्यो ।

१०. काँग्रेसले समाजिक सञ्जालको धारणा बन्द कोठामा र बन्द कोठाको धारणा समाजिक सञ्जालमा व्यक्त गर्नू नै यस नतिजाको उपज हो ।

प्रतिपस्पर्धीहरु कहा बलियो भए 

१. काँग्रेसले आफु आफु विचको मनमुटावलाई मेट्न नसक्दा प्रतिस्पर्धीहरु ड्रिम टिम बनाउन सफल भए । जात,गर्व,सम्प्रदाय, विचारको लडाईलाई समेत व्यवस्थापन गरे । राजेन्द्र महतो देखी राजेन्द्र लिङ्गदेन सम्म, प्रचण्ड देखी ओली सम्मको एकता स्थानीय तहसम्म कायम गर्न सफल भए ।

२. काँग्रेसले आफ्नो उम्मेदावर चयन गर्न जति ढिलो गर्यो ,प्रतिस्पर्धीहरुले उत्तिकै चाडो चयन गरेर पठाए ।

३. काँग्रेसको स्थानीयतह , क्षेत्रीय तह र जिल्लातहले एकाध सर्वसम्मत बाहेका उम्मेदावरको चयनमा आफ्नो भुमिका निर्वाह गर्न खोजेन सिधै केन्द्रीय नेताको हस्तक्षेप स्विकार ग¥यो । प्रतिस्पर्धीहरुले अधिकांश सर्वसम्मचत निर्णय गरे भने एकाधलाई केन्द्रमा पठाए ।

४. काँग्रेसका चलायमान नेताहरु निर्वाचन जित्नका लागि व्यक्तिगत एजेण्डालाई स्थापित गर्न लागे, प्रतिस्पर्धीहरुले संयुक्त एजेण्डा र पार्टीको धारणाहरुलाई आधिकारी एजेण्डा बनाए ।

५. काँग्रेसले सरकारमा रहँदा नियुक्ती दिएका व्यक्तिहरु निर्वाचन लड्नका लागि पद छोडेर हिड्न थाले प्रतिस्पर्धीहरुले नियुक्त गरेका व्यक्ति र पदमा रहेका हरुले जिम्मेवारी पूर्वक सहयोग गरे ।

६. काँग्रेसका नियुक्तीहरु कमल बनेर रोकिए प्रतिस्पर्धीहरुका  नियुक्ती मसी बनेर कागजमा आए,जनताले अध्ययन गर्न पाए ।

७. नेपाली काँग्रेसका शिर्ष नेताहरुको वाक्पटुता भन्दा अभिभावकत्व देखिनु र प्रतिस्पर्धीहरुले हामी सबै एकै हौ भन्ने देखाउनु निर्वाचनको कला प्रयोग गरे ।

८. प्रतिस्पर्धीहरुका भातृ तथा शुभेच्छुक एवम् कर्मचारी तह समेत खुलमखुल्ला निर्वाचनमा संयुक्तरुपमा केन्द्रीत भए, काँग्रेसको अवस्था अस्पतालमा त्यो पनि लामो उपचारमा थला परेको झै भयो ।

९. प्रजातन्त्रवादी भनिएका विद्ध्तवर्ग, समाजिक सञ्जाल र बन्द कोठामा सिमित भए , प्रतिस्पर्धीहरुका विद्ध्तवर्ग देखी सबै क्षेत्रका विज्ञहरु मैदानमा नै सक्रिय भए ।

१०. काँग्रेस खानेपानी र ढलको पाइप जडान गर्ने , खन्ने, लगानी गर्ने चाँहि बन्न सफल भए तर पानीको धारा खोल्ने र ढलको पाइप बन्द गर्ने ठाँउमा पुग्न सकेनन । प्रतिस्पर्धीहरुले समयमा धारा खोल्ने र ढलको पाइप बन्द गर्ने समय पर्खिय, समयमा नै त्यो गरे ।

माथी, उल्लेखित विषयहरु नेपाली राजनीतिमा साधारण तवरबाट गर्न सकिने सहज विषयहरु हुन । काँग्रेसले यहि सहजतालाई बुझ्न सकेन वा बुझ्न चाहेन अझ भनौ यस्ता विषयहरुलाई कमजोर सोच्यौ, यो नै काँग्रेसको पराजको कारण हो ।

यस विषयहरुलाई कुनै चिच्याहटविना, आरोपप्रत्यारोप विना, शालिनता पूवर्क केहि समय भित्र समाधान गर्न सकिन्छ । यसका लागि काँग्रेस केन्द्रमा मात्र हैन वडा सम्म परिमार्जित हुनु जरुरी छ । देशको एजेण्डा बताउन सक्ने युवाहरु केन्द्रमा हुँदा गाँउ,वडा र नगर बनाउने एजेण्डा बोकेका युवाहरु पनि स्थानीय तहमा हुनु जरुरी छ ।

यसका लागि कुन पुस्ताले कसलाई तर्साउने वा थर्काउने हो । यहाँ बाट समस्याको समाधान हुन सक्दैन । अब वडाको काँग्रेस सक्रिय नभए केन्द्रका नेता पनि पराजित हुनसक्छन त्यसैले सुधार जराबाट गदै जाने हो मुल बाट हैन किनकी यो रुख हो ,टुप्पोमा मल हालेर जरा बलियो हुदैन, पातमा पानी हालेर फल लाग्दैन । जरा बलियो भए रुख बलियो हुन्छ । बामगठबन्धको जरा बलियो बनोस शुभकामना ।

 

तपाइँको प्रतिक्रिया ।