नेपालद्धारा मलेसिया ७२ रनले पराजित

नेपालद्धारा मलेसिया ७२ रनले पराजित

कपन अनलाइन

काठमाडौं,पुष  १ ।

नेपालद्धारा १६ वर्षमुनिको एसिसी क्रिक्रेट प्रतियोगितामा मलेसियालाई ७२ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।

नेपालले दिएको १ सय २८ रनको लक्ष्य पाएको मलेसिया २१ ओभर १ बलमा ५५ रनमा अलआउट भएपछि नेपाल ७२ रनले विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको हो । मलेसियालाई सिमित गर्न सूर्य तामाङले ४ तथा प्रतिष जिसीले ३ विकेट लिए ।

नेपालका प्रतिश जिसिले २५, विशाल विक्रम केशीले १५ तृतराज दाशले १३, राज मगर र ऋत गौतमले ११ रन बनाएका छन् । नेपालले फाइनलमा सिंगापुरसँग खेल्नेछ ।

तपाइँको प्रतिक्रिया ।