नेकपा–माओवादीलगायतका दलहरू संग ससर्त गोलमेच गर्नसकिने: रेग्मी र गच्छदार

नेकपा–माओवादीलगायतका दलहरू संग ससर्त गोलमेच गर्नसकिने:  रेग्मी र गच्छदार

काठमाडौं, २४ असार/ सरकार र उच्चस्तरीय राजनीतिक समितिले ससर्त गोलमेच सम्मेलन गर्न सकिने जनाएका छन् । नेकपा–माओवादीलगायतका दलहरूले गोलमेच सम्मेलनको माग गरिरहेका वेला सरकार र प्रमुख दल नेतृत्वको समितिले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीकै नेतृत्वमा ४ मंसिरमा चुनाव गर्ने सर्तमा गोलमेच गर्न सकिने निष्कर्ष निकालेको हो ।

मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी र उच्khil-raj-bijaya-272x232चस्तरीय राजनीतिक समितिका संयोजक विजयकुमार गच्छदारबीच आज बिहान बालुवाटारमा भएको छलफलमा सर्तसहित गोलमेच सम्मेलन गर्नसकिने निष्कर्ष निकालिएको हो ।

छलफलले संविधानसभाका विषयवस्तु र अरु चुनावी प्रक्रियाका मुद्दा गोलमेचमार्फत टुंग्याउन सकिने तर ४ मंसिरका लागि तय गरिएको दोस्रो संविधानसभाको निर्वाचनको तिथि सार्न नसकिने निष्कर्ष निकालेको हो । निर्वाचनको विपक्षमा रहेका नेकपा–माओवादीसहितका दलहरूसँग वार्ताका विषयमा तयारी गर्नबीच छलफल भएको हो ।

यस्तै भेटका क्रममा गच्छदारले उच्चस्तरीय राजनीतिक समितिले गरेका निर्णयहरू मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीलाई जानकारी गराउनुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।